भूपेन्द्र महरा
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका २ मा पहिरोले घर पुरिँदा आमा र छोराको मृत्यु भएको छ।
हिजोराती घरकोमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा करिब ५ वर्षका रिजन जागरीको मृत्यु भएको र यस्तै मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भए सँगै घरमा पूर्ण क्षति पुगेको छ र करिब एक दर्जन चौपायासमेत मरेकाे प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्