स्वर्णिम अक्षरमा नाम लेखाएर अखिलबाट विदा हुँदै: सुदेश

अध्यक्षबाट विदा हुँदै गर्दा एक परिपक्व नेताले अबको बाटो के लिनुहोला ? सबैको लागि उत्सुकताको विषय हो ।

नेतृत्व परिस्थिति र आवश्यकताको संयोजन हो । हजारौंमा केही मान्छेहरू लक्ष्य प्रती दृढ संकल्प सहित लाग्दछन त्यसका लागि अमुल्य आत्मविश्वास र अठोट अनिवार्य हुन्छन भने आत्मानुशासन, निरन्तरता, लगनशीलता महत्त्वपूर्ण पक्षका रुपमा रहन्छन । नेतृत्व अनुभव, शिक्षा र व्यक्तित्व संग पनि जोडिएर आउने विषय हो । नेतृत्व विभिन्न अनुभव र अवसरहरुवाट आफ्नो क्षमतालाई परिस्कृत गर्दै जादा उ नै महामानव बन्ने तर्फ अग्रसर हुन पुग्छ ।

आज मैले चर्चा गर्न चाहेको पात्र त्यस्तै चुनौतीहरुको चंगोलमा उदाएको एक अविचलित पात्र क. सुदेश पराजुलीको व्यक्तिगत जीवन र योग्दानसंग सम्बन्धित छ । सुदेश पराजुलि नेपालको पुर्वी भागमा पर्ने भोजपुर जिल्लामा जन्मेर दिङ्लाको अरुण माध्यमिक विद्यालयमा २०५४ सालमा अनेरास्ववियूको स्कुल कमिटी सचिव हुँदै अध्यक्ष भएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका एक पात्र अध्यनका लागि देशको राजधानी काठमाडौ आइपुगे। सरस्वती क्याम्पसमा +२ अध्यन गर्न आएका पराजुली कक्षा कमिटी सदस्य, सेक्सन कमिटी अध्यक्ष हुँदै सह-क्याम्पस कमिटीको सचीव हुँदै अध्यक्ष क्याम्पस कमिटीको सचीव अध्यक्ष हुँदै २०६० स्ववियु सदस्यमा सबै भन्दा धेरै मत ल्याएर निर्वाचित भएका थिए ।

काठमाडौ आएपछी अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीको सदस्य, सह-सचिव, सचिव हुँदै अध्यक्ष भए । अनेरास्ववियूको अध्यक्षमा चर्चित नेत्री क. रामकुमारी झाक्री हुदा उनी केन्द्रीय सदस्य भए । काठमाडौ जिल्ला अध्यक्ष हुदा काठमाडौका सबै क्याम्पसमा बलियो संगठानिक संरचना बनाउने र स्ववियु निर्वाचनमा २०६५ सालमा देशकै पहिलो विद्यार्थी संगठन बनाउन सफल भए । अनेरास्ववियूको सचिवालय सदस्यमा जिते संगैअनेरास्ववियूको २२ औ महाधिवेशनमा दिपक गौतमको टिमबाट सचिवमा उम्मेद्बारी दिएका पराजुलीले सिंगो टिमका धेरै साथीहरू झिनो मतले पराजय बेहोर्दा सुदेश पराजुली, आरति लामा र ओसिम आलम भने विजय भए । एकतामा सदस्य बन्न तयार भएका पराजुली आफ्नै पार्टी अध्यक्ष खडक प्रसाद ओलिले २०७७ पुस ५ गते संसद बिधटन जस्तो प्रतिगामि कदम चालेपछि त्यसका विरुद्ध संघर्ष गर्दै समानान्तर कमिटी बनाएर तत्कालीन पार्तिको विद्यार्थी इन्चार्ज गोकर्ण बिष्टले घोषण गरि अनेरास्ववियूको अध्यक्ष बने ।

राजनैतिक प्राप्तिको आन्दोलन चर्किरहेका बेला २०६१ साल तिर राजनैतिक आन्दोलनमा अग्रपंक्तिमामा रहेर आन्दोलन हाक्ने पात्र सुदेश पराजुली राजनैतिक स्वतन्त्रा प्राप्तिका लागि लडेकोमा आत्मगौरव बोध गर्दछन । राजतन्त्र विरुद्ध नमुना स्ववियु निर्वाचन, राजा ज्ञानेन्द्र विरुद्ध संघर्ष गर्दै गणतन्त्र ल्याउन ठूलो योगदान गर्ने मध्य उनको नाम पनि सगौरव सामेल हुन्छ । २०६१ सालमा राजा ज्ञानेन्द्रले ४२ दिन ललितपुरको स्टाप कलेजमा थुनामा राखेको र तेहि नै नेपालको लोकतान्त्रिक आन्दोलनका लागि लडिरहेका ठुला नेतृत्वकर्ता संग भेट भएको थियो । पुर्व रास्ट्रपति विद्या भण्डारी, नेपाली कांग्रेसका नेता बलबहादुर राई, राजेन्द्र लोहनी, पुर्व मुख्य मन्त्री हिक्मत कार्की, गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्र पान्डे, नेविसंघ पुर्वमहामन्त्री वासु कोइराला, सुदुर पश्चिम् प्रदेशका मुख्य मन्त्री प्रकाश साह लगायत संग जेलमै भेट भएको थियो । पछि पनि रातो घर जसलाई अखिलको प्रतिकको रुपमा गणतन्त्र ल्याउन प्रयोग भएको घर भनेर चिनिन्छ त्यसलाई मन्डलेहरुको आक्रमणबाट वचाउन लडाई लडदा समेत केही दिन हिरासतमा राख्यो ।

राजनीति आफ्ना लागि हैन सर्वसाधारण जनता र विद्यार्थी राजनीति विद्यार्थी वर्गका लागि बर्गिय हितका पक्षमा हुनु पर्छ भन्दै आन्दोलनमा लागेका सुदेश पराजुली जनजीविकाको सबालमा उपलब्धि ल्याउने नेताको अग्रपंक्तिमा पर्दछन । स्वर्गीय रविन्द्र अधिकारीले विद्यार्थी परिचयपत्रमा ३३% कार्ड छुट ल्याउने  आन्दोलन विद्यार्थी आन्दोलनको ठुलाे उपलब्धिकाे रूपमा ग्रहण गरिन्छ । सुदेश पराजुली नेतृत्वमा आएपछी अनेरास्ववियूले काेराेना करहकाे बेला विपन्न विद्यार्थीहरूलाई नि:शुल्क विधुतिय चुलाे वितरण गरेर एउटा ईतिहास रचे भने विद्यार्थीलाई स्वास्थ्य सुबिधा अलग ओपिडी सेवामा ५०% छुट गरि अर्को उपलब्धि हासिल गरे ।
उनको विचारमा दबाब र जागरणकाे भुमिका नै विद्यार्थी आन्दोलन हाे । विद्यार्थी स्वभावनै अन्य बर्गभन्दा सचेत, जागरुक र खाेज अनुसन्धान प्रेमी हुन्छन जसले संसारका नयाँ आयामलाई प्रयाेग , संचालन र त्यसबाट फाईदा लिन सक्ने हुन्छन । त्यसैले याे वर्गलाई राष्ट्र निर्माणमा जाेडताेडले सदुपयोग गर्नुपदर्छ । राजनैनिक आन्दोलनका अनेक श्रीङखलामा अब्बल सावित भएकाे अनेरास्ववियू पन्चायत बिरूद्ध विद्यार्थी संगठीत हुने र भुमिगत संघर्ष गरिरहेका पार्टी र नेताको मुखपत्र हुँदै जनमत निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यो ।

अति सामान्य तरिकाले वा सानातिना छिटफुट संघर्षले कुशल नेतृत्व जन्मिन सक्दैन। यदि नाता, कृपा, आशीर्वाद, टीका वा सम्मान पुर्बक दिएका त्यस्ता पद वा अहोदाले व्यक्तिलाई असल नेता बनाउन सक्दैन। नेता एउटा लामो संघर्षको चक्र पूरा गरेर आउनुपर्छ। नेतामा धेरै अनुभवको भण्डार भयो भने जस्तोसुकै परिस्थितिमा पनि उसले आफ्नो अस्तित्वलाई पुष्टि गर्न सक्दछ। यस्तै संघर्षको कथा छ क.सुदेशको।

उनी केन्द्रिय कमिटीमा आएपछी अनि गुटको ठुलै सिकार भए। उनीमाथि कारबाहीको डन्डा नचलाइएको पनि हैन तर अबिचलित यात्रामा निरन्तर अगाडि बढ्यौ।

धेरै ठाउमा YCL र क्रान्तिकारीका मुठमेडमा अनेक चोट सहनुपरेको थियो। केहि समय पछि पहिला दार्चुलाका जयसिंह धामीलाइ तुइन काटी गरिएको हत्याको विरुद्ध भारतीय प्र.म को पुत्ला दहन गर्दा प्रहरीसंगको मुठभीडमा हात जलेर घाइते भए। केन्द्रिय सचिवालय सदस्य अनेरास्ववियूको २२औ महाधिवेशनबाट सचिब पदमा अनेक प्रतिकुलताका बाबजुद जितेपछि भने उनलाइ देशब्यापी रुपमा सबैले चिने। एउटा खेमाको सबै पात्रहरु हार्दा समेत सस्थापन भन्दा फरक खेमाबाट सचिबमा बिजय भएका सुदेश पराजुली,आरती लामा,ओसिम आलम मात्र बिजय भए।

सुदेश पराजुली हालका बिद्यार्थी संगठनका नेताहरु मध्य स्पस्ट बोल्न सक्ने, निर्भरता पुर्बक अनुशासनमा रही आफ्ना तर्का सु-स्पष्ट राख्न सक्ने बलियो नेता हुन।आफ्नो समुहले कम सिटमा मात्र जित निकाले पनि संघर्षले खरिएका पराजुली बिस्तारै सिंगै संगठनमा हाबी हुँदै गए। अध्यक्ष नबिना लामा सांसदमा गएपछी बिद्यार्थी नेता र सांसद दुबै एक पात्र हुदा बिद्यार्थी संगठन नीति नेता बिरुद्ध र बर्गीय धरातलमा टेकेर बोल्न सक्दैन भनेर बिरोध गरि पदमुक्त गरि नया नेतृत्व स्थापित गर्न पनि सुदेशको महत्त्वपूर्ण भुमिका छ । बृहत् बाम एकताको कार्यदिशा लिएको पार्टीले बिद्यार्थी संगठनलाई समेत एकताबद्द गर्न लागेपछी एकताका निम्ति सबैले मिलेर जाने निर्णय भयो। उक्त निर्णय पश्च्यात सुदेश लगायत सबै सदस्य मात्र रहने परिस्थिति बन्यो तर पनि एकतालाइ निष्कर्षमा पुर्याउन धेरै ठुलो महत्त्वपूर्ण भुमिका खेल्ने प्रयत्न गरे।

तत्कालीन पार्टी अध्यक्ष, संसदमा २/३ बहुमतका साथ प्रधानमन्त्री रहेका केपि ओलीले संसद बिघटन गरि २०७७ पुस ५ गते असंवैधानिक, अलाेकतान्त्रीक कदम चाले । अरूकाे शरिरमा भएको पिलाे निचार्न पाे सजिलो हुन्छ, आफ्नै शरिरकाे पिलाे निचर्दा सारै जटिल हुने रहेछ । विद्राेह तेस्तै जटिल प्रक्रिया भयो । निरन्तर संघर्ष गर्दै ६२-६३ काे जन आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेको अनेरास्ववियूले गणतन्त्रको पहिलो नारा लगाउने राजेन्द्र राई, जन आन्दोलनको Icon leader रामकुमारी झाक्री जन्माएको अनेरास्ववियूले सुदेश पराजुलीको नेतृत्व पायो र सरकारको प्रतिगामी कदम विरुद्ध एउटा अब्बल नेता जन्माउन सफल भयो ।

पुस ५ गते कार्यक्रमको दौरानमा पुर्वी नेपालमा रहेका बेला संसद विघटनको सुइको पाउनासाथ देशको सबै भन्दा ठूलो क्याम्पस कमिटीलाई सिधै निर्देशन दिनुभयो र मेरै नेतृत्वमा पृथ्वीनारायण क्याम्पस कमिटीले २०मिनेट भित्रै आन्दोलनको विगुल फुकियो र आन्दोलनले देशव्यापी सन्देश प्रवाह गर्यो ।
पार्टीको गलत क्रियाकलाप विरुद्ध लामो संघर्ष गरि प्रतिगामी ओलि सरकारलाई ढाली विद्यार्थी आन्दोलन पार्टीको निर्देशनमा स्वविवेकले स्वायत्त ढंगले चल्दछ र आफ्नै पार्टीले गलत गर्दा पनि निर्भरता पुर्वक उभिने आट क्षमता राख्नुपर्छ भन्ने कुरालाई बेजोड तरिकाले स्थापित गरे ।

चुनौतिको पहाड नभएका होइनन । आईलभयु बा! भन्ने ठूलो जत्था मंडले विद्यार्थीको झल्को दिने उस्तै नाम गरेको अनेरास्ववियु नेता कार्यकर्तालाई अनेक वहानामा फकाउने, दिगभ्रमित पार्ने, अवसरको खेती गरि कार्यकर्ता ओसार्ने र बलियो आधार नबनिसकेको अबस्थामा नयाँ विद्यार्थीहरु जोडिन अप्ठ्यारो मान्ने र हामी तिर जोडिएका नेता कार्यकर्तालाई एक्लाउने आदि जटिलताहरु देखा परे तर पनि सुदेश पराजुली कसैसंग डराएनन । कार्यकर्ताको संरक्षण र क्षमता विकासमा सदैव जोड दिए ।

धेरै हुनु र सत्य हुनु फरक कुरा रहेछ । आम जनसमुदाय र देशभरिका विद्यार्थीले अनेरास्ववियू भनेकै सुदेश पराजुलीले नेतृत्व गरेको अनेरास्ववियू भनेर दरिलो प्रस्तुति दिन सफल भएको पाइन्छ । परिपक्व नेताका रुपमा संगठन भित्र सबैको साझा अभिभावक बनेका सुदेश पराजुली नेतृत्वले “अन्याय गर्नु हुदैन र न्याय मर्न दिनु हुदैन” भन्ने विचारलाई स्पष्ट रुपमा व्यवहारिक रुप दिए । विद्यार्थी आन्दोलनको एक चम्किलो तारा बनेर अन्य विद्यार्थी संगठनलाई समेत मुद्दामा सहकार्य गर्ने कुरामा पनि महत्त्वपूर्ण भुमिका खेले । समकालीन विद्यार्थी नेता मध्य जोस जागर भएको एक परिपक्व नेताको रुपमा आएका सुदेश भन्छ्न । नयाँ लोकपि्रयतावादले केही भुईफुट्टाहरुलाई राजनीतिक चेत नभएका पुस्ताले अहिले जनताहरुलाई भ्रमित पार्दै प्रतिगामी विचारको बिरुवा रोप्ने दुस्साहस हुँदै छ । केही व्यक्तिवादी चरित्र भएका पार्टीहरुले आफुलाई कम्युनिस्ट पार्टी भनेर नाम राख्ने र व्यक्तिवादी, स्वच्छचारी, दक्षिणपन्थी विचारलाई हामी सचेतता बुझ्नु पर्छ र तेसबाट देशलाई र कम्युनिस्ट आन्दोलनलाई बचाएर अगाडि बढनु पर्छ ।

अध्यक्षबाट विदा हुँदै गर्दा एक परिपक्व नेताले अबको बाटो के लिनुहोला ? सबैको लागि उत्सुकताको विषय हो । यहि प्रश्नमा कमरेड सुदेश पराजुलीले अबको ध्यान सुन्दर विचार बोकेको सान्दार पार्टी निर्माणमा हुने र अखिल र वर्गीय आन्दोलनमा सदैव सारथि भएर अगाडी बढने विचार राख्ने भयो । सुजन खरेल देखि सुदेश पराजुली सम्म आउदा एउटा अब्बल वैचारिक संगठन बनेको अनेरास्ववियूको गरिमा नै उच्च हुने गरि काम सम्पन्न गरेकोमा हार्दिक धन्यवाद सहित आगामी राजनैतिक जीवन अझै अब्बल, परिस्कृत र सफल होस हार्दिक शुभकामना ।

लेखक:- अनेरास्ववियू स्थायी कमिटी सचिव सन्तोष न्यौपाने हुन ।

यो खबर पढेर कस्तो महसुस भयो?

4
Excited
2
Happy
1
In Love
1
Not Sure
2
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *