मुस्ताङमा भू-माफीयाहरुको बिकबिकी

जिल्लामा रहेका सरकारी जग्गासंग सरोकार राख्ने निकायहरु किन मौन बस्छन् यो पनि अनौठो सोचनिय बिषय हो ।

नेपालमा भू माफियामा लाग्नेहरु भनेका बिचौलीयादेखि पार्टीका नेता कार्यकर्तासम्मले आफ्नो मुठ्ठीमा सरकारी जग्गा राख्ने गरेको कुरात सबैलाई जानकारी भएको बिषय हो । राज्यको सम्पति दोहन गर्न पल्केकाहरु अन्य जिल्लामा मात्र छैनन् गाउँपिछे गुम्बा र मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ जिल्लामा पनि धर्मकर्म बिर्सीएर रैथाने ठालुहरुले सरकारी जग्गामा अधिकार जमाएका छन् । यसको अन्त्य हुन सकिरहेको छैन बिगतका समयहरुमा जे जस्तो अवस्था रहेता पनि बहुदलिय ब्यवस्थाको शुरुवातसंगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसक्दा पनि यस जिल्लामा चेत आउन सकिरहेको छैन । जसको नाममा फुटेको कौडी जग्गा छैन उनीहरु जग्गा बिहिन भएर रहनु परेको छ तर चारैतिर अथाह जग्गा जमिन रहेकाहरुले सरकारी जग्गा अधिनमा लिएर भोगचलन गरिरहेको अवस्था कायमै छ । पछाडि पारिएका जन समुदायहरुले सरकारी जग्गा उपभोग गर्न पाउँदैनन् तर भू माफीयाहरुले मुस्ताङमा पनि चिहानघाटको सरकारी जग्गा समेत किनबेच गर्ने कार्यमा तिब्रता दियी रहेका छन् यसको अन्त्य हुन सकिरहेको छैन ।

जिल्लामा रहेका सरकारी जग्गासंग सरोकार राख्ने निकायहरु किन मौन बस्छन् यो पनि अनौठो सोचनिय बिषय हो किनभने क कसको आडमा धमाधम सरकारी जग्गा किनबेच र बांडफांड भईरहदासम्म पनि कानमा तेल हालेर बस्नु अनौठो कुरा होईनर यो थीति कहिलेसम्म चलिरहन्छ त । अर्को गजबको कुरा के भने कतै नभएको जात्रा हांडी गाउँमा भनेझै मुस्ताङमा सबैखाले बेथीतिको सृजना हुनुमा पहिलो चरणमा मुखीया प्रथानै हो जसको कारण बिबिध समस्याहरुको उदय भई रहेको छ । नेपालमा ब्यवस्था र तन्त्र धेरै फेरिएर आए तर मुस्ताङमा मुखीया प्रथाको अन्त्य हुन सकिरहेको छैन धेरैजसो गाउँहरुमा राज्यको कानुन भन्दा पनि मुखीयाको कानुन माथि देखिन्छ । एकथरी जाति समुदायको मुखीया प्रथा मुस्ताङमा बसोबास गर्ने सबैले पालना गर्नुपर्ने बाध्यकारी अवस्था रहिरेको छ यसको अन्त्य कहिले हुन्छ । अहिलेको समयमा पनि भू माफीयाहरुको हातमा जे जति सरकारी जग्गाहरु गएका छन् गाउँ गाउँका मुखीयाहरुको हातबाट आफुखुशी निर्णय गर्ने अनि जग्गा दिने काम हुने गरेको छ तर पछाडि परेका जन समुदाय र दलितहरुको हातमा जग्गा पर्दैन यो बिकाराल मुस्ताङको समस्या हो ।

अहिलेको ताजा चलन भनेको गाउँ मुखीया मार्फत सयौं रोपनी जग्गा लिने अनि राज्य पक्षबाट करोडौं अनुदान मिलाएर मू माफीयाहरुले कृषि खेति गर्ने प्रचलन चलाएका छन् तर यस चलनमा जिल्ला बाहिरबाट आएर बसेका र रैथाने दलित समुदायहरुलाई कुनै अधिकार हुदैन र उनीहरुको पहुंच पुग्दैन साथै उनीहरुलाई सामेल गरिएको पाईन्न । सामुदायिक स्याउ खेतिको नाममा ठाउँ ठाउँमा र गाउँ गाउँमा खाली रहेको जग्गा देखेपछि बेचबिखन गरि घर बनाउने कित स्याउ बगैचा बनाउनेको हुटहुटी चलिरहेको छ । यतिखेर लालपुर्जा हुनेहरु लालपुर्जा बीना घर बनाएर बसेकाहरुसंग डराउनु पर्ने अवस्थाको सृजना भएको छ मुस्ताङ जिल्लाको प्रमुख गाउँ र बजारहरुमा । अधिकांश गाउँहरुमा जहां मुखीया प्रथाको चलन छ त्यस गाउँमा अहिलेको अवस्थामा पनि दलितहरु बैठकमा जान पाउदैनन् , मुखीया बन्न सक्दैनन् तर उनीहरुको मुखीया प्रथाले लागू गरिएका सबैखाले नियम कानून भने मान्नु पर्ने अनौठो रीति र थीति रहेको छ यसको अन्त्य हुन सकिरहेको छैन । एकथरी मुखीया समुदायहरुले गरेका एकलौटी निर्णयको कारण मुस्ताङ जिल्लामा रहेको सरकारी जग्गाहरुमा भू माफीयाहरुले चलखेल गर्ने मौका मिलेको छ यसको अन्त्य बेलैमाहोस् ।

यो खबर पढेर कस्तो महसुस भयो?

6
Excited
3
Happy
0
In Love
2
Not Sure
4
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *