पुष्पलालको स्मृतिमा भोली पोखरामा बिचार गोष्ठी हुदै

 

पोखरा, श्रावण ६ः  नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष पुरुष, नेकपाका सस्थापक महासचिव तथा संयुुक्त जनान्दोलनका प्रणेता स्व. पुष्पलाल श्रेष्ठकोे ४६ औ स्मृति दिवस मुलुकभरी विभिन्न कार्यक्रम गरी मानाईदैछ ।

स्व पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एकिकृत समाजवादीले भोली आईतवार विहान किर्तिपुर नगरपालिका ४ चम्पादेवीमा विषेश कार्यक्रम गर्दैछ ।सो कार्यक्रममा पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतित्यता रहने सो पार्टिका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसै गरि पुष्पलाल स्मृति विदसकै अवसरमा भोली आईतवार पोखरामा बिचार गोष्ठीको आयोजना हुने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीको आयोजनामा “ पुष्पलाल र नेपाली बिशेषताको समाजवाद “ विषयक बिचार गोष्ठी सम्पन्न हुन लागेको हो ।

पोखरा १२ चापापानी स्थित केसी क्याटरिनको सभाहलमा हुने बिचार गोष्ठीलाई नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख अतिथीको रुपमा संवोधन गर्ने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङले जानकारी दिए ।

बिचार गोष्ठीमा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं गण्डकी प्रदेशका ईञ्चार्ज केशवलाल श्रेष्ठ लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । बिहान ११ वजे हुने कार्यक्रममा सहभागि हुन पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ता तथा आम कास्कीवासी जनसमूदायलाई अनुरोध गरेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *