२०८१ माघ २७
९८५७६५०३३४, ९८५७६५००९३

कागबेनीलाई दिईएका सहयोगी रकमहरु पारदर्शीहोस्

 

हिमालपारिको जिल्ला मुस्ताङमा गत साउन २८ गते आएको अपत्यारीलो भिषण बाढीले कागबेनी गाउँ बस्तीलाई हेर्दाहेर्दै कागखोला किनारका धेरै घरहरु बगरमा परिनत गराईदिएको छ । यो मुस्ताङ बासीको लागि कालो दु:खको दिन साबित भयो यतिखेर जिल्ला बासी शोकमा डुबेको छ । मानबीय क्षेति बाहेक चल अचल सम्पतिको करोडौं रकमको नोक्सान हुन पुगेको छ जसको कारण त्रसित अवस्थामा रहेका कागबेनी बासीहरुलाई परेको समस्या आफ्नो समस्या सम्झेर वडा , गाउँ गाउँ र जिल्ला बासी , देश र बिदेशमा रहेका ब्यक्ति , संघ संगठन र आफन्त जनहरुले सहयोगी हातबाट रकमले निरन्तर सहयोग गरी रहेका छन् ।

यो आफैमा एकताको आवाजमा सामूहिक बल हो यो सदैव कायम रहन सक्नुपर्छ । तर कागबेनी गाउँ पहिलाको लयमा आओस भनी सबैले आ आफ्नो तवरले दिएका सहयोगी रकमहरुको पारदर्शीता हुन जरुरी हुन्छ । संकलन भएका रकमहरुलाई कसरी ब्यवस्थापन गरिएको छ यो महत्वपूर्ण बिषय हो । आपत बिपतको दु:खको बेलामा जम्मा भएको सबै हर हिसाबलाई कागबेनी गाउँलेले सार्बजनिकीकरण गर्न सक्नुपर्छ । नडांटी भन्ने हो भने ब्यक्तिहरु मार्फत रकम संकलन गर्न गराउन पाईन्न यो गैर कानुनी ठहर्छ यस बिषयमा जिल्ला प्रशासन मुस्ताङ र जिल्ला प्रहरी कार्यालय चुप लागेर बस्न मिल्दैन साथै स्थानीय सरकारको पनि यस बिषयमा ध्यान जान जरुरी हुन्छ ।

धनको मुख कालो हुन्छ भनेझै बिपतको नाममा संकलन भएका रकमहरुको दुरुपयोग हुनु हुदैन जम्मा रकमहरुलाई जिल्ला बिपत ब्यवस्थापन समिति मुस्ताङ मार्फत र बारागुङ मुक्तिक्षेत्र गापा बिपत ब्यवस्थापन समितिबाट एकद्धार प्रणाली अपनाएर रकमलाई पीडितहरुको हातसम्म पुर्याउन सक्नुपर्छ त्यसैले सबैले थाहा पाउने गरी एक एक रकमको हिसाबहरु सबैको माझमा सार्बजनिकहोस् । साथै यदि ब्यक्तिगत समिति र दर्ता बेगरका संघ संस्थाहबाट सहयोगको नाममा रकम संकलन गर्ने काम भएको छ भने अबिलम्ब त्यस्तो नियम बिपरित कार्यको रोकथाम बेलैमा हुनुपर्छ हरहिसाब खोज्न पाउनु जनताको अधिकार हो यो कुरा कागबेनी बासीहरुले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्