२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

घाँसामा प्रवेश शुल्क काउन्टर स्थापना,बाह्रय पर्यटकलाई सहज हुने दाबि

 

मंसिर,२२ जाेमसाेम/थासाङ गाउँपालिका ४ घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटक प्रवेश शुल्क काउन्टर स्थापना गरेको छ । मुस्ताङ घुम्न आउने विदेशी पर्यटकको सुविधालाई मध्यनजर गर्दे प्रवेश शुल्क काउन्टर सुरुवात गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

काउन्टरको ब्यबस्थापन भए सगै काठमान्डौंको भृकुटी मण्डप,लमजुङको बेसी सहर र एक्यापको मुख्य कार्यायल पोखराबाट प्रवेश अनुमति लिनु पर्ने बाध्यता हटेको हो यो सगै ट्राभल एजेन्सी र पर्यटन व्यवसायीले बाह्रय पर्यटक हरुबाट अनुचित लाभ लिई रहेको भन्ने गुनासो पनि कम हुने संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। मुस्ताङ घुम्न आउने सार्क राष्ट्रका पर्यटकले एक हजार, तेश्रो राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ पर्यटन शुल्क तिर्नु पर्ने र उक्त रकम राष्ट्रिय प्रकृति संरक्षण कोषमा जम्मा हुने कार्यालय प्रमुख रेग्मीले बताए।

गत वर्ष जिल्ला घुम्न आउने ८६ हजार बाह्रय पर्यटकबाट १२ करोड भन्दा बढी प्रबेश शुल्क संकलन भएको  उनले बताए।

अब पर्यटककाे अभिलेख डिजिटल प्रणालीमाः
मुस्ताङ घुम्न आउने विदेशी पर्यटकको तथ्यांकअभिलेखीकरण डिजिटल प्रणालीमा बिस्तार गरिएको छ ।

पर्यटकका लागि छिटो र भरपर्दो सुविधा तथा आर्थिक पारदर्शीता कायम गराउन उक्त प्रणालीको विकास गरिएको कार्यालय प्रमुख प्रमा्ेदराज रेग्मीले जानकारी दिए।मुस्ताङ प्रवेश बिन्दु घाँसा स्थित एक्याप चेक पोष्टमा ई.डिजिटल प्रणालीबाट ईन्ट्री गर्ने व्यवस्था मिलाईएको हो।

यस अगाडी परम्परागत प्रणाली मार्फत पर्यटकको अभिलेख राख्ने गरिएकोमा डिजिटल प्रणाली कार्यान्वयनमा आएसंगै पर्यटकलाई घण्टौंसम्म पर्खनु पर्ने बाध्यता हटेको कार्यालय प्रमुख रेग्मीको भनाई छ । यो प्रणाली अन्तर्गत मुस्ताङ प्रवेश गर्ने पर्यटकको राहदानी (पासपोर्ट ) मोवाईल मार्फत क्यूआर कोर्ड सर्च गरेपछि संम्पूर्ण बिवरण देखाउने र कार्यालयको प्रणालीमा दर्ता हुने उनले बताए ।

प्रहरी र एक्यापकाे पहलमा पर्यटक सूचना बोर्ड स्थापना

केही समययता इजाजत नै नलिइ मुस्ताङमा ड्रोन उडाउने बढेका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केहीले प्रहरीको आँखा छलेर ड्रोन उडाइरहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएकाे छ ।

मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले इजाजत विना ड्रोन प्रयाेग गर्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ। ड्रोन र सञ्चार सेट लिई मुस्ताङ जिल्लाको निषेधित क्षेत्रमा जानेहरू बढेपछि सुरक्षाका लागि घाँसामा सूचना बोर्ड राखिएको छ ।

मुस्ताङ प्रवेश नाका घाँसामा पर्यटकहरुको सुविधाका लागि उक्त बोर्ड राखिएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण आयोजनाले सूचना बोर्ड राखेको प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उत्तरी मुस्ताङको छुसाङमा पनि थप बोर्ड राखिने उनले बताए ।

पछिल्लो साउन यता अनुमति नलिई मुस्ताङ ल्याइएका २८ वटा विभिन्न प्रकारका ह्याण्ड सेटहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।सम्बन्धित निकायको अनुमति नलिई निषेधित क्षेत्रमा उडाइएका दुईवटा ड्रोन नियन्त्रणमा लिएर कारवाहीका लागि नागरिक उड्ययन कार्यालय जोमसोममा राखिएको उनले जानकारी दिए ।  उनले भने सूचनाको अटेर गरे कडा कारबाही गरिने जनाइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्