२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

फलाेअपः जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

 

जाेमसाेमः शुक्रबार राति ११ः४७ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट राँमेडाडा केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो ६.४ म्याग्निच्युडको रहेको छ । अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्