२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङको मार्फा राज खाेलामा बाढी आउँदा आवत जावतमा अवरोध

 

२०८० साउन २३ मार्फा मुस्ताङ । घरपझोङ गापा २ मार्फा राज खोलामा सांझ करिब ५ बजेतिर अचानक खोलामा बाढी आउँदा आवत जावत बन्द भएको छ ।


माटोको लेदो सहित आएको बाढी शुरूमा आउदा खोलाको आवाज आएको थिएन । करिब आधा घण्टा पछि मात्र खोालाको आवाज सुनिन थालेको थियो ।
बर्षेनी यसरी खोलामा बाढी आउदा सडक अबरूद्व भई यात्री र सवारी साधनलाई समस्या हुने गरेको छ । यसरी समस्या हुंदा पनि सरोकारवालाको ध्यान जांदैन ।


राज खोलाको नजिकै पक्की पुल अलपत्र अवस्थामा रहेको छ कहिल्यै पुल सम्पन्न हुन सकेन ठकदार ठेक्दारलाई सरोकारवाला निकायहरूले कानुनी दायरामा लिएर कार्वाही गर्ने आंट कसैको भएन ।
जबसम्म बैकल्पिक झोलुङगे तथा पककी पुल र सडकको बिकल्प हुंदैन तबसम्म मार्फा राज खोलाले बर्षेनी सबैलाई दुख दिने नै छ । यदि समयमानै खोलाको राम्रो ब्यवस्थापन हुन नसके ईतिहांस बोकेको मार्फा गाउँमा ठुलो धनजनको क्षति हुन सक्छ यसतर्फ सबैको ध्यान जान जरूरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्