२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

निर्वाचनमा धनले होईन मनले मत किन

देशैभरी यतिखेर महा निर्वाचनको कुम्भ मेला लाग्दैछ त्यो मेला हिमालपारिको जिल्ला मुस्ताङको पनि अंश हो यहां पनि मेला नलाग्ने कुरै भएन । मेलाको निर्वाचनमा क कसले बाजी मार्ने हो त्यो मंसिर ४ पछिको मत परिणामले लेखाजोखा गर्नेनै छ । तर बिगतको समयमा बाक्लै रकम बांडेर निर्वाचनमा जित हात पार्ने गरेकाहरुले यसपाली पनि त्यही बाटो अपनाउने कुरामा दुईमत नहोला । रकमबाट बेचिएका र किनिएका मतले जिल्ला र जनताको चौतर्फी बिकासमा बाधा ल्याउने काम हुने गर्छ । यसको बिषयमा जनता सचेत हुनेबेला आएको छ यसपाली सबैले बिचार पुर्याउने बेला होकित । मुस्ताङ जिल्लाको धेरैजसो ठाउँहरुमा बिकास नहुनुको कारण पनि यही हो । उ्रम्मेदवारले मनले नभै धनले मत किन्ने अनि त्यस्तो स्थान र ठाउँहरुमा जनमुखी बिकास गर्न जितपछि जनप्रतिनिधिहरुले ध्यान नदिने गरेको कुरा जनताले भोगेका छन् । यसपालीको निर्वाचनमा सरोकारवाला निकायहरुको ध्यान कत्तिको जानेछ रकम लिेने र दिनेमा रोकथाम गर्न सक्छन्की सक्दैनन् हेर्न बांकीनै छ । सबै उम्मेदवारले यसपालीको मंसीर ४ को निर्वाचनमा धनले होईन मनले मत किन्नुपर्छ सबै उम्मेदवारहरुलाई जनमुखी बिकासको लागि रकमसंग मत नसाटी प्रतिवद्धता गराउन मुस्ताङ बासीले सक्नुपर्छ तवमात्र बिकासले निकास दिनेछ ।

प्रतिक्रिया दिनुहोस्