तनहुँबाट नेपाल समाजवादी पार्टीको उम्मेदवार सिफारिस

 

दुलेगोँडा । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीको नेपाल समाजवादी पार्टीले तनहुँमा कमिटी गठनसँगै आसन्न निर्वाचनका लागि उम्मेदवार रिफारिस गरेको छ । शनिबार दुलेगौाडामा सम्पन्न भएको वैठकले पार्टीको जिल्ला अध्यक्षमा देउनारायण श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ । यस्तै तनहुँ १ निर्वाचन क्षेत्रमा ईञ्चार्जको जिम्मेवारी नारायण बाबु लोहनी सुवासलाई, निर्वाचन क्षेत्र २ को ईञ्चार्जको जिम्मेवार बोमबहादुर गमाललाई प्रदान गरिएको तनहुँ ईञ्चार्ज जनार्दन वियागीले जानकारी दिए ।

यस्तै निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा क मा ईञ्चार्जको जिम्मा पुण्यबहादुर हिराचनलाई प्रदान गरिएको छ भने संयोजकको जिम्मा विक्रम कार्कीले पाएका छन् । बैठकले रमेश भट्टराईको अध्यक्षतामा शुक्लागण्डकी नगर कमिटी समेत गठन गर्ने निर्णय गरेको छ ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाल समाजवादी पार्टीको तर्फबाट निर्वाचन क्षेत्र २ बाट प्रतिनिधी सभा सदस्यमा पुण्यबहादुर हिराचन र प्रदेश सभा क बाट देउनारायण श्रेष्ठलाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । तत्कालिन जसपाबाट अगल भएपछि भट्टराई पक्षले तनहुँमा संगठन निर्माणमा पहल थालेका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *