२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

स्थानीय निर्वाचनले बिकास ल्याओस्

Bhim Bahadur Rasaili

यतिखेर देशमा स्थानीय निर्वाचनले बास पाएको छ जसको कारण सम्पूर्ण दल र मतदाताहरुले आफ्नो पक्षलाई जिताउन लागि परेका छन् । राजनीतिमा हुने प्रमुख बिशेषता भनेकोनै जनताले आफ्नो जनप्रतिनिधि चुन्न पाउने अधिकारको सुनिश्चित हुने गर्दछ । जनतालाई जनमुखी बिकास दिएर देश र जनहितको कार्य गर्ने यो निर्वाचनबाट चुनेको जनप्रतिनिधिहरुले तय गरेका हुन्छन् । तर जन समुदायहरुले सोचेको झै भैरहेको छ छैन यसको बिषयमा जनताले फैसला गर्ने दिन कहिले. आउला ।

हिमालपारिको जिल्ला मुस्ताङमा पनि २०७९ बैशाख ३० को निर्वाचनले फेरी जन समुदायहरुको माझमा मतदान गर्ने अवसर मिलाएको छ । तर यसबाट जन समुदायहरुले के पाउछन् यो समयले बताउने कुरा हो यसले रुपान्तणको झ्यालबाट बिकासको मुल फुटाएको देख्न आतुर जन आँखाहरु पर्खीरहेका छन् । मुस्ताङका जन समुदायहरुले निर्वाचन धेरै पटक देखिसकेका हुन् तर यसबाट जनताले के पाएका थिए र के पाउदै छन् । यसको बिषयमा अवका दिनहरुमा दलहरुले सोच्ने बेला आएको छ किनकी मुस्ताङ बासी जनताहरु बिगतका जस्तो सोझा छैनन् ।

गएका बर्षहरुको युवा अवस्थामा मतदान गरेका हातहरु आजका दिनहरुमा चाउरी परेका छन् तर सिमित ब्यक्तिहरु उन्मात रुपमा मौलाएका छन् । भने सारा मुस्ताङ बासीहरुको जन जीवन हिजोदेखि आजसम्म बालुवामा पानी हालेसरह नै उस्ताको उस्तै छ । तर यसपालीको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले जनमुखी काम गर्न सक्नु पर्छ । नयां योजना र जनमुखी बिकासले मुस्ताङलाई सझाउन सक्नु पर्छ साथै गास बास र कपासको ब्यवस्था गर्न सक्नु पर्छ तवमात्र मुस्ताङ र यहांको जन समुदायहरुको बिकास हुने छ ।

प्रतिक्रिया दिनुहोस्