
जेठ २० मुस्ताङ । अघिपछि निदाएर बस्ने जब आर्थिक बर्ष समाप्त हुनलाग्दा गरिने बिकासको अन्त्य हुनु पर्नेमा स्थानीयहरुले माग गरेका छन् । जहिल्यै सुकै जनता माथि गरिने खेलवाडको अन्त्य कहिले हुने हो यसको बिषयमा स्थानीय चिन्तित देखिएका छन् ।
बेनी जोमसोम सडकखण्डको काम अघिपछि सुस्ताएर बस्छ कुनै काम पनि हुदैन । तर जब आर्थिक बर्ष सकिन लाग्दा धमाधम काम हुने गरेको हुन्छ त्यसपछि असार सकिए लगतै कामको गतिमा ढिलासुस्ति हुने गर्दछ स्थानीय बताउछन् ।
हिउँद समयलाई दोष लगाएर बिकासे कामबाट पन्छिने ठेक्दारहरुलाई सरोकारवाला निकायहरुले कानूनी दायरामा नलिदाको समस्या स्थानीय बताउछन् । अर्कोतर्फ बेनी जोमसोम सडकको जिम्मेवारी पाएका कम्पनीले काम अधुरो छोडेर भाग्ने वा कम्पनी बेचेर जाने गर्दा सडकको काम अलपत्र परेको हो स्थानीयहरुको भनाई रहेको छ । ।
सडकसंग सरोकार राख्ने निकाय , राजनैतिक दल र स्थानीय जनप्रतिनिधिहरुले जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा चासो नलिदा स्थानीय चिन्तित छन् । भने ठेक्दारहरुको कम्जोरी कहिलेम्म जनताले खेप्न पर्नेहो यसको बिषयमा सरोकारवाला निकाय चुप लाागेर बस्न नहुनेमा स्थटानीयले जोड दिएका छन् ।
जिल्लामा अलपत्र परेका पक्की पुलको अवस्था हेर्ने हो भने बिगतदेखि हालसम्म अलपत्र पर्ने गरेको छ तर यस बिषयमा सरोकार निकाय किन मौन छ । कामको जिम्मा पाएका ठेक्दारहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने कुरा स्थानीय बताउछन् ।
जिल्लामा धेरैजसो बिकासे कामहरु अलपत्र र अधुरा अवस्थामा रहेकाले नव निर्वाचित जनप्रतिनिधिरुले अनुगमन मुल्यांकन गर्नुपर्छ स्थानीय बताउछन् । भने असारे बजेट सिध्याउन गरिने सबैखाले काम जनप्रतिनिधिहरु र सरोकारवाला निकायले रोक्नु पर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्