२०८२ माघ २८
९८५७६५०३३४, ९८५७६५००९३

चुनावको बेला भोट हाल्न मात्र दलित नखोजौ

बिगतदेखि आजसम्मको इतिहासलाई नयाल्ने हो भने मुस्ताङ जिल्लामा बसोबास गर्ने दलित समुदायहरुको बिकास गर्नको लागि खासै कुनैपनि पार्टीहरुले चासो दिएको पाइएन । नत समाजले यो समुदाहयरुको चौतर्फी बिकास गर्न कुनै प्रकृयाको थालनी ल्यायो नत उनीहरुले गर्ने परम्परागत सिप र कलालाई महत्व दिईयो ।

यो आफैमा सोचनिय बिषय हो यसप्रति कस्को ध्यान  हिजोदेखि आजसम्म जाने हो पत्तोछैन । पार्टी र जनबर्गिय संगठनको अधिवेशन आउँदा , सम्मेलनमा जनप्रर्दशन गर्नुपर्दा , भोजभत्तेरमा काम गर्नुपर्दा , पुजाआजा , मर्दापर्दामा काम गर्नुपर्दा मात्र दलित समुदायहरुलाई प्रयोग गर्ने काम नगरौं ।

यस्ताखाले ब्यथितिको अन्त्य गर्न सबैजना लाग्न जरुरी हुन्छ नत्रभने दलित समुदायलाई हामीले जे भने पनि मान्छन् भनेर दासको रुपमा प्रयोग गर्ने समुदायसंग बेलैमा सचेत हुन सक्नुपर्छ नत्र दलित समुदाय बाटो मुनीको फुल सरह हुने छ ।

समाज रुपान्तरण आफ्नो ठाउँबाट गर्नसक्नुपर्छ आफ्नो थलोलाई बाँझोपारेर अरुको थलोमा खनजोत गर्नखोज्नु गलत हो । अर्कोकुरा यस्तो मन्द किसिमको बिष खुवाएर दलित समुदाय माथि शासन चलाउने भित्र बाहिरका ब्यक्तिहरु खासमा आफ्ना होईनन् ।

बसुन्जेल आफ्नो दुनो सोझ्याउनको लागि केहीनकेही गरेजस्तो गर्ने तर पछि थाकथलो छोडेर जाँदाको दिन यो ठाउँ फर्केर पनि नहेर्ने ब्वाँसाहरुको पछि लाग्नेकि नलाग्ने । मुस्ताङका दलित समुदायहरुको नाम बेचेर आफ्ना परलोक सुधार्न पल्केका स्यालहरुको पछि लाग्ने भनेको आफ्नै खुट्टामा बन्चरो हाने सरह हो ।

कहिलेसम्म यस्ताखाले मान्छेहरुको पछि लागेर आफ्नो परिवार र समाजको अस्तित्वलाई लिलाम गर्नतर्फ लाग्न तयार हुन्छौ । अबको समयमा यस्तो कुरालाई नबुझेर उनै र तिनैको पछि लाग्ने भनेको उकालोमा मुडा गुल्टाए सरह हुनेहुंदा यस्तो खाले बिषालु सर्पदेखि सावधान हुन जरुरी हुन्छ मुस्ताङ बासी दलित समुदायहरुले हेक्का राख्ने बिषय हो ।

ल्याईते र ब्याईते सिद्धान्तलाई अवलोकन गरी काला बिषालु सर्पको पछि लाग्नु भनेको दलित समुदायहरुको भबिश्य माथि खेलवाड गरी आफ्नो परिवारको अस्तित्व समाप्त गरिनु हो । पटक पटक ब्यवस्था फेरिदा पनि गैर दलितको चौतर्फी बिकास हुने तर मुस्ताङ बासी दलित समुदायहरुको जीवन बिगतदेखि वर्तमानसम्म जस्ताको त्यस्तै अवस्थामा राख्ने राजनैतिक दलहरुको पछि लाग्नु भनेको आफैले आफुलाई नबुझेको हो ।

हुनत हामी मुस्ताङ बासी दलित समुदायहरुलाई अरुलेनै चलायमान गरेको मन पराउँछौं सिमित स्वार्थको लागि छोटो समयमा आफ्नो अस्तित्व बनाउन आएकाहरुको भ्रमपूर्ण खेतिको पछि लाग्ने स्वभावका कारण हामी लगातार पछि परिरहेका छौं । देशमा ठुला भ्रष्टचार गर्ने र दलितको बिकास हुन नदिने आफ्नो मात्र बिकास भएको देख्न चाहने पार्टीको पछि लाग्नु बेकार छ ।

ठुला पार्टीहरुले दलित सकुदायहरुको बिकास गर्न कुनैपनि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् यो समस्या मुस्ताङमा पनि जिवित छ त्यसैले आवश्यकता पर्दा मात्र खोजि गर्ने पार्टीको पछि नलागौ दलित समुदायको बिकास हुदैन जसले दलितहरुको चौतर्फी बिकासमा साथ दिन्छ यसैलाई सहयोग गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्