मुस्ताङ, असोज ९ । थासाङ गाउँपालिका–२ नाउरिकोट निवासी गिरिसिंह शेरचनलाई ५२औँ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा सम्मान गरिएको छ।
मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले संघको महत्वपूर्ण जिम्मेवारीमा रहेर खेलकुदको विकास तथा स्थानीय कला–संस्कृति संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै शेरचनलाई सम्मान गरेको हो। लेतेमा आयोजित कार्यक्रममा संघले उनलाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेको को छ।
थाक क्षेत्रको मौलिक खेलकुद, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रमलाई निरन्तरता दिँदै शेरचनलाई सम्मान गरिएको संघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्