पाल्पाकाे बगनासकालीले २९ गते सार्वजनिक सुनुवाइ गर्दै

 

यही माघ २९ गते बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने भएको छ । बगनासकाली गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई गर्न लागिएको बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले बताए।

सार्वजनिक सुनुवाईका लागि हरेक वडामा सूचना टाँस गर्नुका साथै वडाका सरोकारहरुलाई वडा मार्फत सूचना गर्ने कार्य जारी रहेको उनले बताए । सार्वजनिक सुनुवाई मार्फत जनताहरुको प्रश्न तथा सुझाव सल्लाह लिई गाउँपालिकाको सेवाप्रवाह र विकास योजनाहरुलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन मद्दत पुग्ने बिश्वास लिइएको प्रवक्ता थापाले जानकारी दिए ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका, वडा कार्यालय र बिषयगत शाखाहरु लगायतको सेवाप्रवाहको विषयमा गुनासो प्रश्न तथा सुझाव सल्लाहका लागि सहभागिताका लागि सबैलाई अनुरोध गरेको छ । कार्यक्रम गाउँपालिकाको कार्यालय परिसरमा हुने बताइएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *