नेकपा एकीकृत समाजवादीको ७औं केन्द्रीय कमिटी वैठक पुस ११, १२ र १३ गते आह्वान

 

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७औं केन्द्रीय कमिटीको वैठक पुस ११, १२ र १३ गते बस्ने भएको छ।

शनिबार सम्पन्न पार्टीको ७०औं सचिवालय वैठकले उक्त मितिमा केन्द्रीय कमिटी वैठकको आह्वान गरेको हो। पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न सचिवालय वैठकले यहि पुस ११, १२ र १३ गते केन्द्रीय कमिटी वैठकको आह्वान गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडाका अनुसार आगामी केन्द्रीय कमिटीको वैठकमा पार्टीको प्रस्तावित विधानमाथि थप छलफल हुनेछ। साथै आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा छलफल भएको विधानलाई आगामी माघमा आह्वान गरिएको केन्द्रीय परिषदको वैठकमा प्रस्तुत गरिने छ।

यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठकलाई पनि केन्द्रीय कमिटी वैठकमै समायोजन गरिएको उपमहासचिव खतिवडाको भनाई छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *