मुस्ताङकाे दामोदरकुण्ड कन्ट्रक्सन सम्मानित

 

मंसिर,१३जोमसोम/मुस्ताङ जिल्लामा रहेर निमार्ण क्षेत्रमा सक्रिय दामोदरकुण्ड कन्ट्रक्सन प्रालि लाई सम्मान गरिएको छ ।जिल्लाबाट आर्थिक वर्ष२०७८/०७९मा सबै भन्दा बढी आयकर बुझाएको भन्दै सो कम्पनीलाई बाग्लुङमा सम्मान गरिएको हो।

राष्ट्रिय कर दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उक्त कम्पनीलाई सम्मानित गरिएकाे हाे । आन्तरिक राजस्व कार्यालय बाग्लुङले एक कार्यक्रम गरि सो कम्पनीलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत शालिक राम आर्चायले जानकारी दिए।

सो अवसरमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ,जोर गणेश स्टोर्स बागलुङ,लक्ष्मी हिल ट्रेडर्स म्याग्दी,दि क्लिफ प्रालि पर्वत, स्नेहा किराना स्टोर्स पर्वत र हिमालय भेनियर उद्योग पर्वत पनि सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, र आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले प्रमाणपत्रले सम्मान गरेका थिए । बि.स २०६९सालबाट दामोदरकुण्ड कन्ट्रक्सनको नामबाट निर्माण क्षेत्रमा काम गदै आइरहेको कम्पनीले आफुलाई अब्बल सावित गदै आएको यस क्षेत्रका जानकारहरु बताउछन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *