स्याउ उत्पादनमा कमी, किसान निराश

 

मंसिर, ११ जोमसोम /नेपालमै स्याउ उत्पादनमा अग्रणी जिल्ला मुस्ताङमा यस वर्ष स्याउको उत्पादनमा कमी आएको छ । अधिक वर्षातको कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ ।

परम्परागत खेती आलु, उवा, फापर जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरुले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेशालाई बिट मार्दै स्याउ खेतीमा रमाएका किसानहरु यो वर्ष स्याउ नफल्दा पिरलोमा छन् । गत वर्ष ५ सय८० हेक्टर क्षेत्रफलमा ६हजार५सय९६ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएकोमा आर्थिक वर्ष ०८०/०८१ मा ५सय८५ हेक्टर क्षेत्रफलमा ४हजार९सय७५ दशमलव ३५ मेट्रिक टन मात्र स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।उनका अनुसार जिल्लाका ५ वटै स्थानीय तहका स्याउ किसानहरुको बगैचामा पुगेर गरिएको सर्वेक्षणका आधारमा मुस्ताङमा स्याउ उत्पादन घटेको तथ्यांक निकालिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ७८ /०७९ मा मुस्ताङमा स्याउ उत्पादनमा कमी आएपनि आर्थिक कारोबारका हिसावले गतवर्षको तुलनामा  कम रहेको कार्यालय प्रमुख बस्ताकोटीले बताए । आर्थिक वर्ष ०७९/०८० मा ५९ करोड ३७ लाख मुल्य बराबरको स्याउ उत्पादन भएकोमा यस वर्ष ३ दशमलव ६ प्रतिशतले गिरावट आएको उनले बताए। स्याउको बगैचा व्यवस्थापन तथा आवश्यक हेरचाहको कमी र विषादीहरुको समुचित प्रयोग गर्ने समयमा हिमपात नहुँदा पनि मुस्ताङको स्याउ खेतीमा प्रत्यक्ष असर पुगेको स्याउ जोन कार्यालय जोमसोमका निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । मुस्ताङको घरपझोङ गाँउपालिका पछि वारागुङ मुक्तिक्षेत्र ,थासाङ र लोघेकर दामोदरकुण्डमा अन्य क्षेत्रको तुलना मा बढी उत्पादन हुदै आएको भट्टले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुनु, सेता हिमालहरुमा हिउ नहुनु, बर्षात नै नहुने मुस्ताङमा पछिल्लो ३० वर्षकाे अवधीमा ६ गुणा भन्दा बढी वर्षा हुनु र अस्वभाविक हिमपात हुनुले यहाँको स्याउ उत्पादनमा समस्या आएको हाे ।तापक्रम वृद्धिसंगै तल्लाे क्षेत्रमा स्याउ उत्पादनमा कमि आएको  र  विभिन्न किसिमका संक्रमण देखा पर्न थालेकाले त्यसको असर स्याउ खेतीमा देखिन थालेको छ ।

स्याउको इतिहास हेर्दा नेपालमा सन् १९३७ मा  चन्द्र शमसेरको पालामा जापान र इटालीवाट स्याउका केही वोट ल्याएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ । नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.सं. २०१९/२१ को दाेस्र्ाे तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा, बैतडी आदि ठाउंमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य विभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ । आ.ब. २०६८/६९ सम्ममा नेपालको १०हजार ९सय२६ हेक्टर क्षेत्रफल स्याउले ढाकेको र जसमध्ये ५हजार६सय७४ हेक्टरबाट ४८हजार ९सय ४६ मेट्रिकटन उत्पादन भएको पाईन्छ । नेपालमा स्याउको सरदर उत्पादकत्व ८दशमलव६३ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।
नेपालको  मुस्तांङ, मनांङ, बागलुङ,डोल्पा, जुम्ला,मुगु, कालीकोट र हुम्ला लगायतका जिल्लाहरुमा ब्यबसायिक रुपमा स्याउको खेती हुदै आएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *