२०८१ भाद्र २३
९८५७६५०३३४, ९८५७६५००९३

उन्नत जातका गाईभैँसी पाल्नेलाई २० हजार अनुदान दिने, विहादी गाउँपालिकाकाे घाेषणा

 

मंसिर ,२५पर्वत/ पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद किसानलाई अनुदान दिने भएको छ ।दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालले बताए । उनका अनुसार उन्नत जातका गाई वा भैँसी खरिद गरेर दूध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैंसी रू २० हजार अनुदान दिने कार्यपालिकाले निर्णय गरेको पशु विकास शाखाले जानकारी दिएको छ ।

गाँउ पालिकामा हुने बढ्दो बसाइँसराइ, र शिक्षा तथा रोजगारका लागि युवा सहर पस्ने परिपाटीको अन्त्यको लागि उक्त निर्णय गरिएको गाँउपालिकाका अध्यक्ष परविन गुरुङले बताए। स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न पशु पालन मार्फत दूध उत्पादन बढाउने र गाउँगाउँमा सङ्कलन केन्द्र बनाउने लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दूध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि गाउँकार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेकाे उनले बताए ।

पालिकाभित्र व्यावसायिकरुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङख्यामा गाईभैँसी खरिद गरे पनि सङख्याको हिसाबले अनुदान वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए उक्त कार्यक्रमका लागि गाँउपालिकाले ६ लाख रुपैयाँ रकम विनियोजन गरेको जनाईएको छ ।

विहादी गाँउपालिकाले उन्नत जातका गाईभैँसी कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै  दूध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष  गुरुङले बताए ।

‘स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुन्छ’, उनले भने, ‘एउटै खर्च लाग्ने भएपछि उन्नत जातका गाईभैँसी पालेर प्रशस्त आम्दानी गर्न सकिने उनले भने  ।

यसअघि उक्त पालिकाले काठेगाई अर्थात् स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्तास्वरुप रू पाँच हजार उपलब्ध गराउँदै आएको थियो ।विहादीमा झण्डै पाँच सयको सङ्ख्यामा स्थानीय जातका गाईपालन हुँदै आएको पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्