किरण रसाइली
जोमसोम— मुस्ताङ प्रहरीले मंगलबार पर्यटक पदमार्ग सरसफाई गरेको छ ।समुदाय र प्रहरी साझेदारी कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पर्यटकीय पदमार्गको सरसफाई गरेको हो ।
मुस्ताङको घरपझोङ ५ मा पर्ने यारुझो भ्यू टावर जाने पदमार्ग जाने बाटो सरसफाई गरिएकाे प्रहरी निरीक्षक मिलनबहादुर बिश्वकर्माले जानकारी दिए ४१ जना प्रहरीले सरसफाइमा सहयाेग गरेकाे क्षेत्र समुन्द्री सतहबाट झन्डै ३८ सय मिटरकाे उचाइमा रहेकाे छ ।
४ वर्षअघि निर्माण कार्य राेकिएकाे घरपझोङको यारुझो भ्यू टावर राष्ट्रिय योजना आयोग र स्थानियकाे पहलमा निर्माण गरिएको थियो ।
झन्डै ५ सय मिटरसम्म निर्माण भएको उक्त पर्यटकीय पदमार्ग बर्खायामको वर्षा ,पहिरो र भू—क्षयका कारण असहज बन्दै आएकाे छ । जोमसोमबाटै ठाँडै उकालो उक्लिने गरी स्थानीय र पर्यटककाे सहजताका लागि पदमार्ग निर्माण गरिएको भएपनि उक्त पदमार्ग प्रयोगविहिन जस्तै रहेकाे छ । पदमार्ग निर्माणलागि संघीय सरकारले करोडौं बजेट खर्च गरिएपनि पछिल्लो समय उक्त पदमार्ग अलपत्र अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्