काठमाडौं : नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी सुवास बुढाथोकीले नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको अन्नपूर्ण पोस्टलाई जानकारी दिए। उनले सुनसहित २ जना पक्राउ गरेको बताए।
टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका सुदीप शेर्पाको साथबाट प्रहरीले बरामद गरेको उनको भनाई छ। ‘नियमित जाँच गरिरहेका थियौं। चेकिङका क्रममा सुन फेला परेको छ। सुनसहित भोटेकोशी- ५ का २४ वर्षीय सुदीप शेर्पा र भोटेकोशी-१ का ३० वर्षीय फुर्साङ्बु शेर्पालाई पक्राउ गरिएको छ।’ उनले भने,‘बरामद भएको सुन परीक्षण गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं।’
प्रहरीका अनुसार सुन काठमाडौंतर्फ लैजान खोजिएको थियो।
प्रतिक्रिया दिनुहोस्