२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

सर्प उद्दारकर्ता प्रविन पाण्डेद्वारा हेटौडामा सर्प पहिचान र उद्धार तालिम सम्पन्न

 

सर्पको टोकाईबाट बच्न र लोपोन्मुख प्रजातीका सर्पको संरक्षण गर्ने उद्देश्यले हेटौँडामा सर्प पहिचान र उद्धार तालिम सम्पन्न भएको छ । अनेरास्ववियु बन बिज्ञान संकाय हेटौंडाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

FB_IMG_1688220668956 (1).jpg

तालिममा पोखराका सर्प  उद्दारकर्ता  प्रविन पाण्डेले सर्प उद्दार गर्दा अपनाउनुपर्ने साबधानि, सर्प पहिचान गर्ने विधि र सर्पदंशबाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण गराएका थिए ।

पोखराका सर्प उद्दारकर्ता पाण्डेद्वारा सर्पको संरक्षण गर्दै सर्पदंशबाट बच्न हेटौडामा तालिम

 

गर्मीयाम शुरु भएसँगै अहिले सर्पदंशको जोखिम बढेको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । कतिपय ठाउँहरुमा सर्प र यसको स्वभाव पहिचान अभावको कारण पनि मानिसहरुको सर्पको टोकाईबाट मृत्यु हुने गरेको छ ।

444.jpg

 

कतिपय मानिसहरुले सर्पलाई देख्नेबित्तिकै आक्रमण गर्ने र मार्ने गर्नाले पनि लोपोन्मुख अवस्थामा रहेका सर्पहरु मर्दैछन् । प्रशिक्षक तथा सर्प उद्धारकर्ता पाण्डेले यस्ता घटनाको मुख्य कारण सर्पसम्बन्धि जनचेतनाको कमी हुनु रहेको बताउँदै जनचेतना जगाउन, सर्पको सहि तरीकाले उद्धार र सर्प र सर्पको स्वभाव पहिचान गर्नु जरुरी रहेको बताए ।  356664967_587619116881147_934994081149266374_n.jpg

कार्यक्रममा वन बिज्ञान संकायका प्रथम देखि पाचौ सेमेस्टरका ६० भन्दा बढि विद्यार्थीहरुको  सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्