पोखरामा भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गरियो विरोध प्रदर्शन

 

पोखरा, जेष्ठ १६, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका दोषीहरुलाई कारवाही हुनुपर्ने तथा अन्य भ्रष्टाचारका काण्डहरुमा मुछिएकाहरुलाई पनि कारवाहीको दायरामा ल्याउन दवाव दिदै निरन्तर खवरदारी गरिरहेको नेकपा एकिकृत समाजवादी निकट मोर्चा संगठनले आज काठमाण्डौको माईतीघर मण्डला लगायत मुलुकका विभिन्न जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरेको छ । यसै क्रममा पोखरामा पनि मोर्चा संगठनहरुको अगुवाईमा विरोध ¥याली निकालियो । पोखराको सृजनाचोबाट निस्केको ¥याली पृथ्वीचोकमा गई कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले नक्कली भुटानी शरणर्थी प्रकरणका दोषीलार्ई कारवाही गर, मिलेर फालौ भ्रष्टाचारको जालो सुशासन प्रवर्धनमा गरौ हातेमालो, मानव वेचविखन वन्द गर, नियम कानून सरावर ठूला साना वरावर, ३ नेताको चोाचोमोचो वन्द गर लगायतका नारा लगाएका थिए ।


कोणसभामा वोल्दै अनेरास्वीयूका स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणका नाईकेलाई गिरफ्तार गरी अनुसन्धानको दायरामा ल्याउन माग गरे । भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई उम्काउने षडयन्त्र भईरहेको भन्दै यदी त्यसो गरिएमा युवा विद्यार्थीहरुले सडकमा राँको वाल्ने उनले चेतावनी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी वनाएर वेच्ने मानव तस्करहरुलाई नेपाली जनताले कुनै पनि हालतमा नछाड्ने न्यौपानेले वताए । विरोध सभामा वोल्दै युवा संघका केन्द्रिय सदस्य कपिल पौडेलले पूर्व प्रधानमन्त्रीहरुको सेटिङमा नक्कली भुटानी शरणार्थी प्रकरण रचिएको आरोप लगाउदै मानव तस्करीमा संलग्न जो सुकै होउन् उनिहरुमाथि कारवाही गर्नुपर्ने वताए । यदी सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाही गरेन भने युवा विद्यार्थीहरुको विरोध प्रर्दशनले सडक भरिने पैडेलले वताए । उनले नक्कली भुटानी शरणर्थी प्रकरण सहित अन्य भष्टाचारका काण्डहरुको पनि छानविन गरी दोषी माथि कारवाहीको माग गरे । विरोध सभाका अर्का वक्ता अखिल नेपाल महिला संघ समाजवादीका कास्की जिल्ला ईञ्चार्ज शर्मिला पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई वचाउन चलखेल गरिएको वताउदै अन्य पार्टिहरु जस्तो आफुहरु भ्रष्टाचारीलाई वचाउन सती नजाने भन्दै आफ्नो पार्टिका कोही भ्रटाचारी भएमा प्रहरीकहाँ आफुहरुलेनै लगेर वुझाईदिने वताईन् । आफ्नो पार्टि भ्रटाचारको विरुद्धमा निरन्तर लड्ने भन्दै अव कुनै पनि भ्रष्टाचार काण्डका दोषीहरु उम्कन नसक्ने पौडेलले वताईन् । कार्यक्रमका अर्का वक्ता अनेरास्वीयूका गण्डकी प्रदेश अध्यक्ष ठाकुर पराजूलीले भ्रष्टाचारी हरुलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै भ्रटाचारीको कुनै पार्टि नहुने हुनाले जो सुकै पार्टिको भएपनि कारवाही हुनुपर्ने वताए । भ्रष्टाचारीहरुलार्ई विद्यार्थीहरुले खवरदारी गरिरहेको समेत पराजूलीले वताए ।


विरोध ¥याली तथा सभामा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्यहरु तुल वहादुर गुरुङ, शारदा प्रसाद सुवेदी, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजी शर्मा, पोलिट व्यूरो सदस्यहरु पे्रम नारायण पौडले, प्रतापलाल श्रेष्ठ, केन्द्रिय सदस्यहरु कृष्ण नेपाली, रत्ना गुरुङ लगायत गण्डकी प्रदेश कमिटीका सदस्यहरु, कास्की जिल्ला कमिटी , पोखरा महानगर समितीका सदस्यहरु तथा मोर्चा संगठनका विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *