२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ जिल्ला अस्पतालमा सामाजिक सेवा इकाई कार्यालयको जिसस प्रमुख माया गुरुङबाट उद्घाटन

 

चैत्र १४ जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको एकमात्र जिल्ला अस्पतालमा सामाजिक सेवा इकाई एस् एस् यु स्थापना भएको छ । यसबाट बिशेष गरी समाजमा पछाडि परेका आर्थिक अवस्था कम्जोर भएकाहरुले अवस्था हेरी निशुल्क उपचार गर्न पाउने भएका छन् ।

उक्त कार्यक्रममा सामाजिक सेवा इकाईको उदघाटनको साथमा बार्षिक प्रतिवेदन पुस्तकको पनि बिमोचन भएको थियो । मुस्ताङ जिल्लाको जनताको हितलाई ध्यानमा राखेर अस्पताल प्रमुख निमेसु डा. बिशाल तिवारीले स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको कुरा राम्रो भएको उपस्थित सबैले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले सामाजिक सेवा इकाई कार्यालयको उद्घाटन गरी सञ्चालनमा आएको छ । यस सेवाबाट बिपन्न परिवारका बिरामीहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउने कुरा धेरै राम्रो हो प्रमुख गुरुङले बताएकी छिन् ।

हालसम्म जिल्लाको एक्लो अस्पताल २०२९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालन भएको । २०३१ सालमा जिल्ला अस्पताल , २०५३ सालमा १५ शैयाको अस्पताल र २०७७ सालदेखि २५ शैयाको जिल्ला अस्पताल बन्न पुगेको कुरा आयोजकले बताएको छ ।

बिरामी तथा सेवाग्राहीहरुलाई सरल सहज र सुलभ तरिकाले सेवा दिने मुल उद्देश्य बोकेको मुस्ताङ जिल्ला अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिएको छ । अस्पतालमा यसरी थप सेवाहर आउनुमा अस्पतालका कर्मचारी , स्वास्थ्यकर्मी र बिशेष गरी अस्पताल प्रमुख डा. तिवारीको देन रहेको स्थानीय बताउँछन् ।

सामाजिक सेवा इकाईको कार्यक्रम चलिरहदा एस् एस् यु सेवा आफु कार्यरत रहेको अस्पतालमा सञ्चालन हुने गरेको डा. तिवारीले बताए । उनैको पहलकदमीमा यो सेवा मुस्ताङ जिल्ला अस्पतालमा ल्याउन सफल हुँदा उद्घाटन भई यतिखेर सञ्चालनमा आएको छ ।
सामाजिक सेवा इकाई सञ्चालन गर्न साझेदारी संस्था मार्फत गर्नुपर्ने भएकोले जिल्लामा पछाडि परेका समुदायहरुको हितमा काम गरेको हिमालपारि उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङ संस्थासंग साझेदारी भई सेवा सञ्चालनमा आएको कुरा जन स्वास्थ्य अधिकृत एकराज बस्नेतले बताए ।

हिमालपारि उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङबाट सामाजिक सेवा इकाईमा सहजकर्ताको लागि संस्थाबाट छनोट भई । स्टाफ् नर्स मंगिता सेन्चुरी बिक र बुद्धिपल बिक गत २०७९ फागुन १ गतेदेखि जिल्ला अस्पतालमा कार्यरत भएको कुरा संस्थाका अध्यक्ष भिम बहादुर रसाइलीले बताएका छन् ।

उक्त कार्यक्रममा बिरामीहरुको अवस्था हेरी ५० प्रतिशत छुट र निशुल्क उपचार गर्न सकिने कुरा एस् एस् युको बारेमा प्रस्तुतिकरण गरेका प्रशासन अधिकृत नबिन थापाले बताए । पैसा छैन भनेर उपचार गर्न पाईन्नकी भनी अस्पतालबाट बिरामी फर्कन नपर्ने सामाजिक सेवा इकाईबाट नै उपचार गराउन सकिने कुरा सह लेखापाल शोभकान्त पौडेलले बताएका छन् ।

कार्यक्रममा घरपझोङ गापाको सबै वडाध्यक्ष , सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख , अस्पताल ब्यवस्थापन समितिका पदाधिकारीहरु , नागरिक समाज अगुवा । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक र कार्यरत अध्यक्ष , स्वास्थ्यकर्मी साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बक्ताहरुले कार्यक्रममा स्वास्थ्यकर्मीहरुको बोली राम्रो हुनुपर्ने , अस्पताल बनाउन सबैले हातेमालो गर्नुपर्ने , अस्पताल ब्यवस्थापन समितिको बैठक नियमित बस्नु पर्ने । सामाजिक सेवा इकाईबाट पाउने सेवामा कसैलाई काँखापाखा गर्न नहुने बारेमा सुझाएका थिए ।

त्यसैगरी अस्पतालमा नयाँ सँरचना बन्नु र नऔँ तहको चिकित्सक अस्पतालले पाउनु सुन्दर पक्ष हो । भने दिनप्रतिदिन अस्पतालमा भएको परिवर्तनको लागि रातदिन नभनी खटिरहने निमेसु डा. बिशाल तिवारीलाई बिशेष धन्यवाद सबैले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्