२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

भोङमोर सहकारीमा पुन : कमला लालचन अधिकारीनै अध्यक्ष

पुस ३ मार्फा हिमालपारिको जिल्ला घरपझोङ २ मार्फामा कार्यालय रहेको भोङमोर साना किसान कृषि सहकारी सस्था लिमिटेडले छैठौ साधरणसभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
गत मंसीर १८ गते समपन्न अधिवेशनबाट १३ सदस्य रहेको कार्य समिति चयन गरेको छ ।सहकारीलाई सक्षम र गतिशिल बनाउन लागि परेकी लालचन अधिकारीलाईनै सम्पूर्ण शेर सदस्यहरूले एक कार्यकाल अध्यक्ष भैदिन आग्रह गरेपछि चौथो कार्यकाल उनले सम्हालेकी हुन् ।
घरपझोङ गापामा बिस्तारित शेर सदस्य रहेको सहकारीमा अध्यक्ष कमला लालचन अधिकारी मार्फा , उपाध्यक्ष धन बहादुर थकाली चिमाङ , सचिव रन्जित थकाली चिमाङ , ऋण संयोजक बुद्व ज्वारचन मार्फा , लेखा संयोजक कल्पना ज्वारचन मार्फा , लेखा समिति सदस्य अनीता शेरचन छैरो , सदस्यहरू टसी ढुन्डुक छैरो क्याम , शर्मीला थकाली ठिनी , बिती थकाली ठिनी , सन्तमाया परियार पुथाङ , सकुन थकाली स्याङ , सतल थकाली स्याङ र आईती कुमारी परियार मार्फा रहेका छन् ।
उक्त अधिवेशनमा प्रमुख अतिथिमा रहेका घरपझोङ गापाका अध्यक्ष मोहनसिङ लालचनले नव निर्वाचित पदाधिकारी र सदस्य सबैलाई खादा पहिराई धन्यवाद दिएका थिए ।उपस्थित शेर सदस्य सबैको अनुरोधमा लालचन अधिकारीले गरेको कामको उच्च मुल्यांकन गर्दै उनैलाई अध्यक्षमा सिफारिस गरेपछि उनी लगातार चौथो पटक सहकारीको अध्यक्ष हुन पुगेकी हुन् ।
बिबिध समस्याको बाबजुद पनि हिमालपारिको जिल्लामा २०७१ साल चैत्र १८ गते मार्फामा स्थापना भएको भोङमोर सहकारीलाई यहांसम्म ल्याउन धेरै मेहेनत गर्नु परेको लालचन अधिकारीले बताईन । भोलिका दिनहरूमा सहकारीलाई अझै ब्यवस्थित गराएर लैजान सहयोगको लागि अघि बढिदिन सबैलाई आग्रह गरिन् ।
सहकारीमा प्रवेश गर्दा लाग्ने सुल्क १ सय र १ हजार रूपैयामा १० कित्ता शेर पाईने उक्त भोङमोर सहकारीको ९ बर्षमा ५ सय १२ शेर सदस्य रहेका छन् ।भने ५ जना सदस्यहरूको १ समूह हुनेगरी हाल ६८ समूह रहेको , अन्तर समूह १२ वटा , बालबालिका समूह र नियमित मासिक बजत सञ्चालनमा रहेको अध्यक्ष लालचन अधिकारीले बताईन् ।
हालसम्म सहकारीमा शेर पुंजी २८ लाख ६० हजार कोष हिसाब पुंजी १५ लाख १ हजार ७ सय ५७ रूपैया ६९ पैसा , स्थिर पुंजी ५ लाख १२ हजार १९ रूपैया ५० पैसा रहेको । त्यसैगरी चालु रकम १ करोड ७६ लाख ५ हजार १ रूपैया ९० पैसा , जम्मा चालु दायित्व ६९ लाख १५ हजार २ सय ६३ रूपैया ७१ पैसा र जम्मा सम्पति ४३ लाख ६१ हजार ७ सय ५७ रूपैया ६९ पैसा रहेको लालचन अधिकारीले बताईन् ।
सहकारीबाट लकडाउनको बेला ५ र हाल १० प्रतिशत मुनाफा शेर सदस्यहरूलाई बितरण गरेको साथै १६ प्रतिशत लाभांश समेत बांडिएको साथै सहकारीले कृषि , ब्यापार , घरेलु तथा साना उद्योग र बैदेशिक रोजगारीको लागि भनी २ लाख देखि ५ लाखसम्म लगानी गर्ने गरेको अध्यक्ष लालचन अधिकारीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्