
हिमालपारिोको जिल्ला मुस्ताङमा पनि आसन्न निर्वाचनले स्थान पाएको छ तर पनि यसपालीको निर्वाचन हिउँदमा पर्ने हुंदा यसले कत्तिको सार्थकता पाउँछ परिणामले बताउला । जाडो याममा हुने निर्वाचनमा मतदाताहरुको उपस्थिति कस्तो रहने हो यसको आंकलन गर्न अप्ठयारो भएपनि निर्वाचन हुनेनैछ । तर पांच बर्षपछि आउने निर्वाचनमा जनता खासै खुशी र उत्साहीत देखिदैनन् यसको असर भनेको जनताको जनमुखी बिकास नहुनुनै हो । बिगतमा बाक्लो बस्ति रहेको यो जिल्लाको जनसंख्यामा बर्षेनी ह्रास हुंदै आएको छ । यसको मुल कारण भनेको आजको युगमा आएर पनि सेवा सुबिधा नपाउनुनै हो । कोही धनीमाथि धनी कोही गरीव माथि गरीब यसको बिचको अन्तरले गर्दा स्थानीय बासी जिल्ला छोडेर जान रुचाउँछन् । जिल्लामा युवायुतीहरुलाई रोजगारको सृजना हुन नसक्नु र हरेक ब्यवसायमा अनुदानको ब्यवस्था नहुनु साथै कुनै ब्यवसाय गर्न खोजेमा बैंकमा कर्जा लिन अप्ठयारो त्यस माथि ब्याज महंगो यो हो वास्तविक समस्या ।
जुनसुकै दलको सरकार आएता पनि जनताले सोचेको जस्तो बिकास नहुंदा स्थानीय खुशी देखिदैनन् त्यस कारणले पनि जनता निर्वाचनबाट दिक्क छन् । पुरानै अनुहारका जनप्रतिनिधिहरु देहोरिने र उनबाट बिकासको पार लाग्ने नदेखिएपछि जनता खुशी नहुनु स्वभाबिक नै हो । जनताको भन्दा आफ्नो दुनो सुर्धान लागि परेका जनप्रतिनिधिहरुको कारणबाट पनि वाक्कदिक्क भएपछि मतदाता खुशी देखिने कुरै भएन । दल र उम्मेदवारमा जनतालाई प्रभाव पार्ने कुनैपनि ताजा जनादेश देखिदैन यसको कारणबाट पनि जनताले झुटो कुरा पत्याउन छोडे । मुस्ताङको निर्वाचन अतिनै महंगो भयो पैसाको होडबाजी चल्ने ठाउँमा मतदाताहरुलाई बडी रकम दिएर मत किन्न पल्केकाहरुको कारण हरेक दल भित्रका असल कार्यकर्ता पछाडि पर्दा पनि चुनाव खुशीयाली नभै दुखयाली हुने गरेको तितो सत्य हो त्यसैले यसपालीको निर्वाचनमा जनता उत्साहित देखिदैनन् ।
लामो समयसम्म दलमा रहेर काम गरेका नेता कार्यकर्ताले स्थान र अवसर नपाउने बिचौलीयाको बिगबिगी प्रबिधिको कारणले गर्दा पनि निर्वाचनमा जनताको भरोसा कम हुदै गएको हो । अर्कोतर्फ काम गर्ने काजी खानेपाजी भनेझै गरी पछाडि पारिएका समुदायहरुको हबिगत पनि त्यस्तै छ हरेक दलहरुमा । जसको मत निर्णायक छ उनीहरुलाई उम्मेदवारको अवसरबाट पछाडि पार्ने काम हुनाले पनि जनतामा निर्वाचन प्रति उत्साह नजागेको हो । बंशज प्रबिधि , पुरानो अनुहार र हिजो गणतन्त्रवादीहरुलाई खोजीखोजी मार्ने , धम्काउने. , मुद्दामामेलामा फसाउने राजावादीहरुलाई दलमा उम्मेदवार दिनाले पनि निर्वाचन प्रति जनताको चासोमा ह्रास आएको हो । यसको न्युनिकरण र निर्वाचन प्रति जन चासो बढाउन युवाहरुलाई यो देशको शासन सत्ता चलाउने अधिकार दिनुपर्छ । भने जनमुखी ब्यवस्थाको आरम्भ नगर्दासम्म खुशी मनले निर्वाचनमा मतदान गर्न जनता तत्पर हुनेछैनन् मात्र करकापले मतदानको लागि जनता तयार हुने गरेको तितो सत्य हो ।
प्रतिक्रिया दिनुहोस्