
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकको स्वास्थ्यप्रति राज्य जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार तनहुँको भिमादमा आयोजित दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता पौडेलले सरकार आम नागरिकको आधारभुत आवस्यकता परिपुर्ति गर्न गम्भीर भएर लाग्नुपर्ने बताए ।
‘राज्यले नागरिकको आधारभुत आवस्यकता पूर्ति गर्नुपर्छ’, उनले भने । पौडेलले नागरिकको स्वास्थ्यप्रति आफुँ सधै समर्पित रहेको भन्दै शिविरबाट धेरै भन्दा धेरै व्यक्तिले सेवा लिन आग्रह गरे । आफ्नो स्वास्थ्यको सुरक्षा आफै गर्ने हो । ग्रामिण क्षेत्रका मानिसहरु अझै पनि स्वास्थ्य उपचार गराउन जान हिचकिचाउँछन् । लाज मानेर रोग लुकाएर नवस्न उनले आग्रह गरे ।
स्वास्थ्य राम्रो भयो भने न जीवन चल्ने हो । ‘त्यसकारण आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् । म तपाइहरुको स्वास्थ्य प्रति चिन्तित छु । अव दुई दिनसम्म शिविर संचालन हुन्छ त्यहाँ गएर लााभ लिनुस्,’ नेता पौडेलले भने । पछिल्लो समय ग्रामिण भेगका मानिसहरु उपचार गराउन जानु भन्दा रोग लुकाएर बस्ने गरेका छन् । त्यस्ता मानिसहरुलाई स्वास्थ्य शिविरले लाभान्वित गराउनेछ । दुई दिनसम्म चल्ने शिविरमा चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्