रोकौं अलपत्र बिकास

 

जनता कहिलेसम्म बिकास र ब्यवस्थाको लागि लडिरहन पर्ने हो यसको अन्त्य हुनै सकेन । यसको लागि जनता जागरुप हुन नसक्नु र नेता तथा ठेक्दारहरुलाई बिश्वास गर्दा आएको समस्या हो । ठुलो बिकासे योजनाको रकम ठुलैले झ्वाम् पार्ने भने साना बिकासे योजनाका रकम कमसल काम गरी उपभोक्ता र प्राबिधिकहरुले रजाई गर्दा बिकास दुब्लाएको हो । जताततै बिकासले पूर्णता नपाउदा जनताहरुले समस्या झेल्न बाध्य भएका छन् यसको न्युनिकरण हुन जरुरी छ ।

मुस्ताङ जिल्लाको बिकासलाई हेर्ने हो भने पनि अधुरा कामले पूर्णता कहिल्यै पाउन सकेन । चाहे त्यो बेनी जोमसोम मोटरबाटोहोस् चाहे जिल्ला भित्रका बिकासहोस् सार्थकता पाउन सकेन बिकासले । बिकासले धेरै ठाउँहरुमा बिनाश निम्त्याउने गरेको छ । बेनी जोमसोम सडक खण्डमा पनि काभ्रेको भिरमा बर्षेनी मोटो रकम खर्चेको हुन्छ तर अर्को सालमा जस्ताको त्यस्तै डोजरे बिकासले बिनास निम्त्यायो । यसको बिषयमा सरोकारवाला निकाय किन मौन छन् । पक्की सडक बनाउनुपर्छ भन्नेतर्फ कसैको ध्यान नजानु भनेको ठुलै समस्या हो ।

जिल्लाको धेरैजसो बिकासका योजनाहरु अलपत्र पर्ने गरेको हुन्छ किनभने असारमा काम गरेर साउनमा काम रोक्ने ठेक्दारको चालालाई कसैले बुझेनन् । बिकासलाई जमिनमा पोख्याएर छोडिदिदा अलपत्र पर्ने गरेको छ सानादेखि ठुला योजनाहरु । जिल्ला भित्र रहेका सरोकारवाला निकायले मनदेखि काम नगर्नाले आउने गरेको प्रमुख समस्या हो । बिनाशलाई बिकास र बिकासलाई प्रगतितर्फ तेचिलो तरीकाले लैजान अब सबैका हातहरु एक भएर जानु पर्छ । पर्यटकीय हिसाबले अब्बल स्थानमा रहेको यो जिल्ला बिकासबाट सधै अलपत्र हुनबाट जोगिन आ आफ्नो क्षेत्रबाट लाग्न जरुरी हुन्छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *