
मुस्ताङमा कमाउनेले कमाए , रमाउनेले रकम समाए , खोलो बगेको बिकासको रकमको दुरुपयोग हुन पुगेको छ यहां । बेनी जोमसोम सडकको कामलाई समयमानै पुरा गराउनु पर्छ भन्ने कोही निक्लिएनन् । जुन जोगी आएपनि कानै चिरेको भनेझै नत स्थानीय , प्रदेश र संघ सरकारका जनप्रतिनिधिको आँखा पुग्न सकेको छ बेनी जोमसोम सडकमा । नत सरकारी निकायहरुको सोच र खोज हुन्छ बेनी जोमसोम मोटर बाटोमा हिउँद बर्खा सधैभरी मुस्ताङीहरुले सास्ति कलिेसम्म झेल्नेहोर । जिल्लामा हुने गरेका सानादेखि ठुला योजनाहरुको बिकासे काम कमसल र अधुरा हुने गरेका छन् । बिकासमा दिगोपना नहुंदा ठेक्दार , प्राबिधिक र अन्य कर्मचारी मोटाउने काम मात्र भएको छ । जस्तोसुकै योजनाका कामहरुको मुल्यांकन गरेपनि कमसल हुनेगरेका छन् । यसको जिम्मेवारी कसले लिने हो यो पाराले यस जिल्लाको बिकासमा ह्रास आउनेनै छ । तुरुन्तै रोकियषेस बिकास खोलामा पैसा झोलामा कि कसोत ।
प्रतिक्रिया दिनुहोस्