‘ बेनी जोमसोम सडकमा बर्षेनी पहिरो ” सरोकार निकायको कान किन बहिरो

म्याग्दीको काप्रेको भिर तथा मुस्ताङको धेरैजसो ठाउँहरूमा बर्षेनी हिउदमा सुख्खा पहिरो र बर्षातमा बाढी पहिरोको यस्ता समस्याबाट मुस्ताङबासी जनता हैरान छन् जनताको लागि नौलो भएन ब्यक्तिगत काम र औषधि गर्न नपाएर तर्पिएका होलान् जनता। तर ठेक्दारलाई ठेक्काको कमसल खालको सामान ढुवानी गर्न नपाउदा , कर्मचारीहरूलाई बिदा मिलाएर सरकारी गाडीको दुरूपयोग गरी घर जान र परिवार घुमाउन नपाउदा , प्राबिधिकहरू असारमा योजनाबाट आएको कमिसन घर लैजान नपाउदा , यातायात समितिहरू आफ्नो गोजीको रकम हालेर बाटो खनेझै चर्को भाडामा गाडी चलाउन नपाउदा , जनप्रतिनिधिहरूाई गफ लगाउने र यसो त्यसो गरी ठुल्ठुला कुरा गर्न नपाउदा। तर जनताहरूलाई सदैब समस्या माथि समस्या छ तर के सरोकारवालाको आँखाले यस्ता पहिरो भर्खरै देखेका हुनर आकाश खसेझै गर्नुपर्ने । सरकारको रकम खोलो बगाउने सडकको डिपिआर गर्न नजान्ने प्राबिधिकहरूाई जनकार्वाही गरी छाला तारेर नुन र खुर्सानी दल्नुपर्छ । ठेकदार कम्पनिको लाईसेन्स खारेज गरिनुपर्छ । हिउदमा सुत्ने पहिरो जांदा पहिरोमा गई ठुल्ठुला गफ लगाउने जनप्रतिनिधिहरूलाई आउने निर्वाचनमा बहिस्कार गरिनु पर्छ । मन्त्रीदेखि सन्त्रीको गाडी गुडीरहेको छ त्यो बाटोमा तिनको आँखा फुटेकोत थिएन मुस्ताङको समस्याको बारेमा त्यसैले सबैजना ताकपरे तिवारे नत्र गोतामे मात्र हुन् भरोसा कसैको छैन बाँकी आफैले बुझौ पीडितबासी मुस्ताङी जनताहरू हो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *