२०८३ आश्विन ५
९८५७६५०३३४, ९८५७६५००९३

रसुवा बाढीपीडितका लागि कागबेनी इजी–नुमुको रु १ लाख ५० हजार सहयोग

२०८३ असोज ५ कागबेनी मुस्ताङ । रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा गएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मुस्ताङको कागबेनीस्थित इजी–नुमु (दिदीबहिनी) समूहले रु १ लाख ५० हजार सहयोग गरेको छ।

Screenshot

कागबेनी इजी–नुमु (दिदीबहिनी) समूहको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको समूहले जनाएको छ। विपद्का बेला पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको हो।

समूहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमता अनुसार सहयोग गरेको जनाएको छ। बाढीपहिरोजस्ता विपद्का कारण ठूलो जनधनको क्षति भएका बेला देशका विभिन्न स्थानबाट सहयोग जुटिरहेका क्रममा कागबेनीका दिदीबहिनीहरूले पनि राहत अभियानमा हातेमालो गरेका हुन्।

Screenshot

समूहले विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र मानवीय सेवाका कार्यमा सक्रिय रहने जनाएको छ।

रसुवाको बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त सहयोगले हिमालपारिको मुस्ताङ र विपद्पीडित रसुवाबीचको मानवीय ऐक्यबद्धताको सन्देशसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्