
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।
ढुम्बा खोला तर्ने क्रममा अचानक खोलाको बहाव बढ्न गई बागलुङ जिल्ला निसी खोला गाउँपालिका ६ घर भइ हाल मुस्ताङको घरपझोङ ५ फेन्ताङस्थित इको ब्रो कृर्षि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षिय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
ढुम्बा खोलाले बगाउँदा युवा बेपता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकार दिए ।
प्रतिक्रिया दिनुहोस्