२०८२ असार १६
९८५७६५०३३४, ९८५७६५००९३

स्थानीय सरकार शिक्षामा लगानी गर

शिक्षा यस्तो हतियार हो जसले संसार परिवर्तन गर्न अमृतको काम गर्छ जसबाट समाज बिकासतर्फ अघि बढ्छ । विश्वमा बिकसित मुलूकहरु आजको युगमा चरम बिकासको चरणमा आफूलाई स्थापित गराउन सक्षम भएका छन् यो आधुनिक समयको गुणस्तरीय बैज्ञानिक शिक्षाको कारणले गर्दा हो । तर नेपालमा लागू भएको शिक्षा कस्तो खालको हो जसबाट जनताका छोराछोरीहरुले राम्रो शिक्षा आर्जन गर्न कठिन हुने । शिक्षामा राज्यको राम्रो लगानी नहुंदा दक्ष जनशक्ति उत्पादन हुन सकिरहेको छैन यो आजको युगमा दुखत बिषय हो । अझै पनि हाम्रो देशको गाँउहरुमा शिक्षाको अवस्था नाजुक रहेको छ । सामूदायिक बिद्यालयहरु सुक्दै जाने र नीजि बिद्यालयहरु फुक्दै जाने सरकारी नीतिको कारण समस्या चुलिने गरेको छ । यसतर्फ सरोकार निकाय मौन किन बसिरहेका छन् ।

शिक्षामा स्थानीय सरकार र राज्यपक्षले नै बिभेदकारी सिद्धान्त लागू गर्दा गाँउका बिद्यालयहरु मात्र नभै शहरका सामूदायिक बिद्यालयहरु समेत मारमा परेका छन् । जसको कारण सामूदायिकमा बिद्यार्थी नहुने र रित्तिने नीजि बिद्यालयमा बिद्यार्थी हुने र थुप्रिने परिपाटीको बिकास भएको छ यसको अन्त्य हुन जरुरी देखिन्छ । अर्कोकुरा स्थानीय सरकारले पनि शिक्षामा चासो देखाएको पाईन्न बजेट बिनियोजन गर्दा अरुमा भन्दा थोरै बिनियोजन गरी शिक्षामा छारो हाल्ने काम गरेको छ । अझै पनि बिद्यालयमा एकसरो राम्रो पोशाक लगाएर बिद्यालय जान नसक्ने जनताका छोराछोरी लाखौंको संख्यामा रहेका छन् । खोईत उनीहरुको लागि राज्यले ब्यवस्थापन गरेको नेपालको शिक्षा हुनेखानेको लागि मात्र हो या हुंदा खानेहरुको लागि गुणस्तरीय शिक्षा लागू हुन सकिरहेको छैन त्यसैले शिक्षाको लागि स्थानीय सरकारले अरुमा भन्दा बढी बजेट बिनियोजन गर्नुपर्छ तवमात्र बिकासले निकास पाउँछ ।

मुस्ताङ जिल्लाको पाँच गाउँपालिकाहरुले शिक्षा क्षेत्रको स्तरउन्नति हुने गरी बजेट बिनियोजन गरेको पाईन्न । यस जिल्लाको मुटुमा रहेको घरपझोङ गाँउपालिकाले पनि शिक्षामा खासै लगानी गरेको देखिन्न जसको कारण जनताका छोराछोरीहरुले गुणस्तरीय शिक्षा आर्जन गर्न सकिरहेका छैनन् । पाँच गाँउपालिकाहरुले सामुदायिक बिद्यालयहरुको स्तरउन्नति गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न पालिका आफै जिम्मेवार हुन जरुरी देखिन्छ । जबसम्म शिक्षाको जग बलियो हुदैन तवसम्म मुस्ताङ जिल्लाको चौतफी बिकास हुने कुराको परिकल्पना गर्नु बेकार हुन्छ । स्थानीय सरकारको २५ वटा वडाहरुले पनि आफ्नो क्षेत्रमा रहेका बिद्यालयहरुको स्तरउन्नति गर्न वडा स्तरबाटै लाग्न जरुरी हुन्छ अरुमा भन्दा पनि बिद्यालयमा बढी बजेट बिनियोजन गर्न सक्नुपर्छ त्यसैले मुस्ताङको हरेक गाँउपालिकाले आ.व. २०८१÷०८२ मा शिक्षातर्फ बजेटको कमी नहुने गरी बिनियोजन गरियोस् ।

प्रतिक्रिया दिनुहोस्