
मंसिर,२१जाेमसाेम/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित जनशान्ति माध्यमिक विद्यालयमा दरबन्दी अनुसारको बिषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बिधालयका सहायक प्रधानअध्यापक मनविर किसानले बताए ।
विगतमा माध्यमिक तहमा बिषयगत ६वटा दरबन्दी रहेकोमा तत्कालिन शिक्षा विकास तथा समन्वय इकाई तथा वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका टंक बरालले सराेकारवाला पक्षसंग छलफल तथा आधिकारीक रूपमा कुनै जानकारी नगराइ राजनैतिक पृर्वाग्राहि ढंगले दरबन्दीका शिक्षक कटौती गरि अन्य जिल्लामा पठाएकाे वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं ४ अध्यक्ष समेत रहेका बिधालय ब्यबस्थापन समितिका सदस्य कर्म घयचो गुरुङले आरोप लगाए ।
तत्कालीन समन्वय इकाइ प्रमुख, शिक्षक मंहासघ सहितका केही सदस्यको मिलोमतोमा शिक्षक दरबन्दी कटौती गरेको अभिभावकहरूको आरोप छ ।निजी स्रोतमा कार्यरत बिज्ञान शिक्षक बैदेशिक रोजगारमा गएको र नेपाली शिक्षकलाई जानकारीनै नगराई अन्यत्र सरुवा गरेको र त्यसको जानकारी सम्बन्धित निकायमा गराउदा समेत वेवास्ता गदै आएको सहायक प्रअ किसानको भनाई छ । उनले भने हामीलाई करार शिक्षक नियुक्ती गर्न नदिएर थप अन्याय गरेको दावि गरे ।
केही व्यक्तिको स्वार्थ कै कारण बिधालयको दरबन्दी कटौती गरेको आरोप लगाएपनि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामेश्वर लामिछाने यो कुरा मान्न तयार छैन् उनी भन्छन दरबन्दी मिलान तथा ब्यबस्थापन ऐन २०७६ अनुसार दरबन्दी मिलान समितिको सिफारिस बमोजिम नै बिधालयको २ वटा दरबन्दी कटौटी गरिएको बताए ।
तर उक्त कार्य भने कानुन संम्बत नभएको र त्यसका लागि माथिल्लो निकायमा पत्राचार गरिएको जानकारी दिए । कम्तीमा ५ जना बिषय शिक्षकहरु हुनु पर्ने प्राबधान रहे पनि भएको दरबन्दी कटौटीले समस्या थपिएको हो ।
गत साउन १६गतेको कागबेनी खोलामा आएको बाढीले बिधालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । २०७ जना बिधार्थीले अध्ययन गर्ने यस बिधालयमा बिषयगत शिक्षक नहुदा आफुहरुको पढाईमा असर परेको कक्षा ९ मा अध्ययनरत छात्र प्रकाश बुढामगरले बताए । गण्डकी प्रदेश सहित देशका बिभिन्न जिल्लाहरुबाट यस बिधालयमा हिमाली छात्राबास कार्यक्रम मार्फत बिधार्थीहरुले अध्ययन गर्दे आईरहेको बिधालयका शिक्षक ध्रुबराज बरालले जानकारी दिए ।
बिधालयको समस्या प्रति सबै पक्षलाई संम्वेदनशिल भएर लाग्न समेत सबैको ध्यानाकर्षण समेत गराए । स्थायी तथा निजि स्रोत गरि २३ जना शिक्षक शिक्षिका हरुले अध्यापन गराउदै आईरहेको यस बिधालयको गत बर्ष एसइई को नतिजा भने सन्तोष जनक रहेको अभिभावकहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्