कार्तिक २५, जोमसोम/ चार वर्षदेखि ठप्प रहेको उत्तरी कोरला नाका संन्चालनमा आउने भए संगै चिन सरकारले नेपाललाई काेरला नाकाकाे लागि प्रि—फाईप ५ थान कन्टेनर उपलब्ध गराएकाे छ।
नेपालकाे सिमा क्षेत्रमा भाैतिक पुर्वाधार नभएकाे हुंदा अस्थायी रुपले दैनिक कार्यसम्पादन सजिलाे हाेस भन्ने कुरालाई ध्यान राखि चिन सरकारले उक्त सामग्री उपलब्ध गराएकाे लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

कन्टेनर तत्काल बस्न मिल्ने अस्थायी टहरा हो ।गतहप्ता चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष चीन पक्षबीच भएको छलफलमा यही साेमबार वाट कोरला नाका संन्चालन गर्ने तयारी गरिएकाे छ ।
चीन सरकारले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली ,त्यस क्षेत्रमा जाने पर्यटककाे सुविधालाई ध्यानमा राख्दै प्रयाेग ल्याइने बताईएकाे छ। २० फुट लम्बाई र १० फुट चौडाई साईजका ती कन्टेनरमा ढोका र झयालको व्यवस्था गरिएकाे छ ।

एउटा कन्टेनरमा ४ जना सम्म सुत्न मिल्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।अन्य अवस्थामा १० जना सम्म व्यक्ति अटाउन सक्छन। कन्टेनरकाे व्यवस्था भए पछि हावाहुरी र हिमपात पर्दा सजिलाे हुने अध्यक्ष बिष्टले बताए।
सोमबारदेखि संन्चालनमा आउन लागेकाे कोरला नाकाबाट खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, ईलेक्ट्रोनिक सामान, निर्माण सामाग्री, कृषि उपकरणका साथै भेडा च्यांग्रा आयात गर्ने गरिन्छ । नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात हुने गर्दछ ।






प्रतिक्रिया दिनुहोस्