२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

छैरो आधारभूत बिद्यालयमा बिशेषज्ञ सहितको स्वास्थ्य शिविर

कार्तिक ४ छैरो मुस्ताङ । हिमालपारिको जिल्ला घरपझोङ गाउँपालिका वडा नं १ छैरो गाँउमा रहेको छैरो आधारभूत बिद्यालयमा अरनिको समाज नेपाल काठमाण्डौ र हिमालपारी उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङको साझेदारीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

छैरो आधारभूत बिद्यालय ब्यवस्थापन समिति र हिमालपारी उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङका अध्यक्ष भिम बहादुर रसाइलीको पहल कदमीमा अरनिको समाज नेपालबाट छैरो आबिमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बिद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखी शिविरमा बिषेश गरी बाल रोग , स्त्री रोग , दन्त रोग , सबै खाले जनरल रोग , मधुमेह रोग , रगत र पिसाबको परिक्षणबाट १ नं वडाका बिरामीहरुले उपचार पाएका थिए । भने अरनिको समाजले बिद्यार्थीहरुको लागि भनी छैरो आबिका बिब्यस अध्यक्ष रसाइललिाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

हिमालपारी जिल्लाको दुरदराज छैरो गाउँमा रहेका १ सय ३ जना बिरामीहरुले स्वास्थ्य उपचार आफ्नै घरदैलोमा पाउनु भनेको ठुलो अवसर मिलेको १ नं वडा छैरोका वडाध्यक्ष आस बहादुर थकालीले बताएका छन् ।

स्वास्थ्य शिविरमा ईन्चार्ज डा. कृष्ण गोपाल महर्जन जनरल तथा कलेजो रोग बिषेशज्ञ , डा. दिपकराज भण्डारी बालरोग बिषेशज्ञ , डा. मदन श्रेष्ठ जनरल , डा. सन्जय रन्जित दन्तरोग बिषेशज्ञ , डा. बिरेन्द्र कुमार ठाकुर दन्तरोग बिषेशज्ञ रहेका थिए ।

त्यसैगरी डा. रुश्मी महर्जन जनरल , नर्सीङ स्टाफ निलम महर्जन र रमीला श्रेष्ठ , ल्याव टेक्निसियन शिया महर्जन , उर्दिप जोशी सलीना श्रेष्ठ र रचना जोशी ल्याव ब्यवस्थापक , सुरेश महर्जन र बिमला अवाले ट्राभल्स् एजेन्सी ब्यवस्थापकको स्वास्थ्य शिविरमा उपस्थिति रहेको थियो ।

दर्ता नं ४५८ काठमाण्डौंमा २०४७ सालमा स्थापना भएको अरनिको समाजले प्रत्येक बर्ष नेपालभरी रहेका दुरदराजका गाउँहरुमा निशुल्क स्वास्थ्य शिविर राखेर सेवा दिईरहेको छ । त्यसैगरी भुकम्प गएको स्थानहरुमा पनि भौतिक पूर्वाधारको काम गरिरहेको कुरा अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी हिमालपारी उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङले पनि यस जिल्लामा रहेका दलित समुदायहरुको चौतर्फी बिकासको लागि २०६० सालदेखि काम गर्दै आएको कुुरा अध्यक्ष रसाइलीले बताएका छन् ।

स्वास्थ्य शिविरमा घरपझोङ गाउँपालिकाबाट २ जना स्वास्थ्य कर्मी र एम्बुलेन्सको ब्यवस्था गरिएको पालिकाका स्वास्थ्य संयोजक कर्ण थकालीले बताएका छन् । भने छैरो आमा समूह , गणतान्त्रिक छैरो गाउँ सुधार समिति र वडाको समेत सहयोग रहेको बिब्यस अध्यक्ष भिम बहादुर रसाइलीले बताए ।

प्रतिक्रिया दिनुहोस्