२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

पोखरामा पहिलोपटक आयोजना गरिएको “मिस डाइमण्ड पोखरा २०२४” मा १५ जनाले प्रतिस्पर्धा गर्दै

पोखरा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका महिलाहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ पोखरामा पहिलोपटक मिस डायमण्ड पोखरा २०२४ आयोजना गरिएको छ । नौलो बिहानी पोखराको आयोजनामा विविधतामा सुन्दरता भन्ने मूल नारासहित भदौ १५ गते मिस डायमण्ड पोखराको फाइनल हुने भएको हो । ट्रान्सजेन्डर महिलाहरु पनि मानसिक र शारीरिक रुपमा बलियो छ र उनीहरुमा पनि रचनात्मक क्षमता छ भन्ने भावनालाई अगाडि बढाउँदै प्रतिष्पर्धामार्फत क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा कार्यक्रम गर्न लागिएको फुपु भनेर चिनिने नौलो बिहानी पोखराकी कार्यलय प्रमुख तथा संस्थापक अध्यक्ष रजनी थकालीले जानकारी दिईन् ।

आफैभित्र हिरा भएर जन्मिएको तर पहिचान गर्न नसकेको बेला प्रतिभा प्रस्फुटन गर्ने गरी कार्यक्रम गरिएको उनले बताईन् । संस्था स्थापनाको २० औँ वर्षमा लागिरहँदा पहिलोटक आयोजना गरिएको मिस डायमण्ड आफ्नो ड्रिम प्रोजेक्टका रुपमा रहेको प्रमुख थकालीले बताईन् ।

प्रतियोगीतामा कास्कीसहित देशका विभिन्न जिल्लाका १५ जना ट्रान्सजेण्डर महिलाहरुको सहभागीता रहेको छ । पोखरा उद्योग वाणिज्यको हल गै्र्हपाटनमा हुने मिस डायमण्डको ग्राण्ड फिनालेमा रानी आले मगर, सलिना नेपाली, जेन्सी गुरुङ, क्रिस्टिना विश्वकर्मा, श्रीविन्दु बागडोस, आशिका सेवा, जेनी विक, समाइरा नेपाली, युबिना घले, जिया थापा, सुजाता मगर, मुस्कान गुरुङ, सोनु गुरुङ, हिरा गुरुङ, श्रीन्शा तामाङले प्रतिष्पर्धा गर्दैछन् ।

यतिवेला सहभागीहरुले तयारीस्वरुप अनुशासन, जिम्मेवारी, नैतिकता ,ड्रेस, ट्यालेन्ट, एडभोकेसी राउण्ड, ब्युटी विथ परपोज लगायत विषयमा तालिम लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्