१ नं वडा कार्यालय छैरोले कर्मचारीहरूको स्वागत र बिदाई कार्यक्रम सम्पन्न गर्यो

 

२०८० चैत्र ७ छैरो मुस्ताङ । घरपझोङ गाउँपालिका वडा नं १ छैरोमा कार्यरत रहेका कर्मचारीहरूमा नयांलाई स्वागत र पुरानोलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

वडाध्यक्ष आस बहादुर थकालीको अध्यक्षतामा सुचारू भएको स्वागत र बिदाई कार्यक्रममा गापा गाउँ कार्यपालिकाकी सदस्य मणी बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएको थियो ।


मंगल प्रसाद थकालीले वडामा २०७६ साउन ११ गतेदेखि २०८० फागुन २ गतेसम्म ४ बर्ष ६ महिना २१ दिनसम्म कार्यालय सहयोगी भई सेवा गरेकोमा जागिर अवधी भने २९ बर्ष ११ महिना २५ दिन भएकोले अवकास लिएका छन् ।

थकालीको अवकासपछि रिक्त भएको कार्यालय सहयोगी पदमा छनोट भई घरपझोङ गापा वडा नं १ मा स्थायी बसोबास गर्ने सुनिल परियार २०८० फागुन ८ गतेबाट १ नं वडा कार्यालयमा हाजिर भई कार्यरत छन् ।

स्वागत र बिदाई कार्यक्रममा छैरो चिमाङ गाउँका गाउँ अध्यक्ष , वडा सदस्यहरू , आमा समूहका अध्यक्ष , बिब्यसका अध्यक्ष , प्रधानाध्यापक र अन्य उपस्थिति रहेको थियो ।


खादा अबिर लगाएर स्वागत र बिदाई गर्ने काम भएको थियो भने स्वागत मन्तब्य वडा सदस्य जैकला बिकले गरेकी थिईन , सञ्चालन वडा सचिव नबिन्द्र थकालीले गरेका थिए भने बक्ताहरूले मन्तब्य दिएका थिए भने सभाध्यक्षले कार्यक्रम समापन गरेका हुन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *