घरपझोङ गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न

 

मुस्ताङ । घरपझोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
घरपझोङ गाउँपालिकाको आयोजना र सहमत मिडिया प्रा.लिको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाको चालु् आर्थिक वर्षको हालसम्मको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले चालू आर्थिक वर्षमा ५९ वटा योजना सम्झौता भइ काम भएको बताए । उनले भने यो अवधिमा ३० वटा योजना सम्पन्न भएको र पुँजीगत तर्फ २८ र चालू तर्फ ३१ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

सेवाग्राहीहरुका जिज्ञाशाको सम्बोधन गदै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गाउँपालिका आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए । उनले भने जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनमैत्री काम गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको उल्लेख गरे । सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिदै गाउँपालिका र मातहतका कार्यालयका कर्मचारीहरुको कार्य चुस्ततामा कुनै समस्या भए जतिबेला पनि गर्न प्रश्न गर्न उनले सेवाग्राहीलाई आग्रह गदै जोमसोम एयरपोर्ट क्षैत्र छैरो गांउको बिलिब्रिज र आफुले गरेका प्रतिबद्धताहरु पुरा गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष जमुना थापा मगरले विकास योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएको बताईन । उनले भनिन् गाउँपालिकाले काम गर्ने दौरानमा केही सच्याउन पर्ने विषय भए तत्काल सुझाव सल्लाह पालिकामा दिन समेत आग्रह गरिन ।कार्यक्रममा सुनदेबी रसाईली, धन बहादुर थकाली,सुनिता सेन्चुरी लगायतले गाउँपालिकालाई थप सुझाव सल्लाह सहित जिज्ञाशाहरु राखेका थिए । सहभागीहरुले गाउँपालिकामा निर्माण हुदै गरेको रिङ्गरोड,छैरो चिमाङ बिलिब्रिज,कृषि अनुदानको अवस्था , स्थानिय पाठ्यक्रममा दलित समुदाय प्रतिको शब्दका साथै जोमसोम एयरपोर्ट क्षेत्रको पार्किङ्ग र फुटपाट, शिक्षा, स्वास्थ्य खानेपानी लगायत गाउँपालिकाको करको दायरा, सेवा प्रवाहका विषयमा जिज्ञाशा तथा सुझाव राखेका थिए ।

जनताबाट संकलित नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन तथा कार्यक्रमको सहजीकरण सहमत मिडिया प्रा.लिका प्रकाश ढकालले प्रस्तुत गरेका थिए। भने सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त जिल्ला प्रहरी कार्यालयका प्रनाउ भोजराज पाण्डे, जिससका उपप्रमुख आइतलाल थकाली लगायत सरोकार वालाहरुको पनि उपस्थिति रहेको थियो ।मुस्ताङ जिल्लाका अन्य स्थानिय तहले भने यो आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रम भने गर्न सकेका छैन ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *