२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

घरपझोङ गाउँपालिकाको १३औ हिउँदेअधिवेशन सम्पन्न

 

घरपझोङ गाउँपालिकाको १३औ गाउँसभाको हिउँदे विधेयक अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले अधिवेशनको आव्हान गरेको पत्र सभामा सुनाएर अधिवेशन सुरु गरिएको थियो ।

गाउँसभामा विषयगत समितिका संयोजकहरु विधेयक समितिका संयोजक जैकला बि क न्यायिक समितिकी संयोजक जमुना थापा मगर ,लेखा संयोजक कृष्ण प्रसाद थकाली,आर्थिक बिकास संयोजक याम प्रसाद थकाली,सामाजिक बिकास समिति संयोजक मनबहादुर हिराचन , पूर्वाधार बिकास समिति संयोजक फलेन्द प्रसाद थकाली,वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक आस बहादुर थकाली ,सुशासन तथा संस्थागत बिकास समिति संयोजक प्रदिप थकालीले चालु आ.ब.को अर्धबार्षिक प्रगति प्रस्तुत गरेकोमा छलफल सहित सर्वसम्मत पारित गरिएको थियो ।

यस्तै गाउँसभामा सात वटा प्रस्तावहरु पेश गरिएको थियो जसमा पुराना भवनहरुको अभिलेखीकरण म्याद थप सम्बन्धी प्रस्ताव,आव २०७९/८०को नियमित गर्नु पर्ने बेरुजु फछयौट सम्बन्धि प्रस्ताव,आर्थिक ऐन २०८० संशोधन,प्रस्ताव विनियोजन ऐन २०८० संशोधन प्रस्ताव,घरपझोङ गाउँ पालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M)संशोधन प्रस्ताव, घरपझोङ गाउँ पालिकाको सार्वजनिक खरिद विधेयक,२०८० सम्बन्धि प्रस्ताव र घरपझोङ गाउँ पालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्बन्धि प्रस्ताव बिषयगत समितिका संयोजकहरू तथा उपाध्यक्ष जमुना थापा मगरबाट निर्णयार्थ प्रस्तुत गरिएकोमा सभाले सर्वसम्मत पारित गरेको थियो ।

चालु आ.वको हालसम्म रु ३१लाख ४३हजार ३सय ८ रुपैया आन्तरिक आय संकलन भएको आर्थिक विकास समितिका संयोजक याम प्रसाद थकालीले जानकारी गराएका थिए। यसै गरि १ करोड २८लाख २६ हजार १सय ५२ रुपैया वेरुजु रहेको हुदा समपरीक्षण बाट कम हुन सक्ने जानकारी सार्वजनिक लेखा समितिका संयोजक कृष्ण प्रसाद थकालीले गराए ।

८ वटा विभिन्न समितिका संयोजकहरुले सभामा पेस गरेको प्रतिबेदन समितिले काम गर्दा आइ परेका सफलता ,समस्या आगामी कार्यक्रमका बारेमा प्रस्तुत गरिएको थियो हालसम्म गाउँपालिका सञ्चालनमा रहेका ५९ वटा योजनाहरु मध्ये ३० वटा योजना सम्पन्न भएको र बाकी कार्यान्वयनको चरणमा रहेको र गाउँ पालिकाले हालसम्मकाे कुल  बजेटको रू२८कराेड५लाख ५९ हजार मध्य ३६प्रतिशत कार्य प्रगति सम्पन्न गरेको जनाएको छ। सभाले बेरुजु बढ्नु राम्रो संकेत नभएको ,कर्मचारीलाई सहि परिचालन गर्न नसक्दा परिणाम नआउने साथै कार्यक्रम प्रतिफलमा आधारित हुनुपर्ने पालिकाले गरेका गतिविधिहरु जन स्तर सम्म लैजानु पर्ने ,कर्मचारी व्यवस्थापन गर्नुपर्ने ,योजना अनुगमन गर्दा प्रतिपक्षलाई समेत समावेश गर्नुपर्ने बताए थिए । गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको अध्यक्षतामा सभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्