
जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा हवाई सेवा साँढे दुई महिनापछि पून: संचालनमा आएको छ । पर्यटकको आगमनमा कमी आएको भन्दै अफसिजनको कारण रोकिएको पोखरादेखि जोमसोम हवाई सेवा फागुन १८ गते सुक्रबारदेखि संञ्चालनमा आएको हो । हिउँदयाम सकिए लगतै मुस्ताङमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुने भएकोले हवाई उडानहरु संचालनमा आउन थालेका छन् ।
हिउँदयामको मौसम र पर्यटकीय अफसिजनका कारण मंसिर १० गते तारा एयरलायन्स र सुमित एयरलायन्सले मंसीर २० गतेदेखि पोखरा जोमसोम हवाई सेवाको उडान थप्प गरेका थिए । पर्यटकहरूको चहल पहल बढेसंगै यतिखेर पोखरा जोमसोमका लागि सुमित एयरलायन्सको जहाजले मात्र उडान संचालनमा ल्याएको छ। तारा एयरलायन्सले भने उडान कहिलेदेखि सुरु गर्ने भन्ने कुराको तय भई नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले उल्लेख गरे ।
प्रमुख शाहका अनुसार शुक्रबार सुमित एयरलायन्सले पोखरा जोमसोमका लागि २ वटा हवाई उडान गरेकोमा आउने सबै भारतीय पर्यटक रहेको उनले बताए ।
केही दिन अघिमात्र जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोम विमानस्थलको सरसफाई गर्ने क्रममा उम्रिएका झ्याङहरुलाई पन्छ्याउने काम भएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ भोजराज पाण्डेयले बताएका छन् ।
स्थानीयहरूको भनाई अनुसार एयरलायन्सहरूले आफुलाई नाफा देखिएपछि मात्र उडान भर्ने । तर अघिपछि गुमनाम हुने अवस्था सृजना गराउन नहुने र बाह्र महिनानै हवाई उडान गराउन सरोकारवाला निकायहरूको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्