लेखनाथ महोत्सवस्थलको गेट नजिकै बस दुर्घटनाः महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु

 

पोखरा:  पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

बागलुङबाट भैरहवाका लागि छुटेको बस आज बिहान पोखराको लेखनाथमा दुर्घटना भएको छ । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा बस ब्रेक फेल भएर सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाँदा इस्श्रावती कुमारीको मृत्यु  भएको कास्की प्रहरीले जनाएको छ ।  घाइते भएका इस्श्रावतीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । बस दुर्घटना हुँदा घाइते भएका तनहुँको म्याग्दे गाउँपालिका घर भएका ३६ वर्षीय रामजी गन्धर्व र पर्सा दिप नगरपालिकाका ४६ वर्षीय माया गन्धर्वको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *