२०८१ भाद्र २३
९८५७६५०३३४, ९८५७६५००९३

प्रदर्शनकारीले मन्त्री ज्वाला चढेकाे गाडीमा आगो लगाए

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ! मलाई थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’  हिमालपारिकाेआवाज  सँग उनले भने।

आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात, ल्यापटपहरू भने  प्रदर्शनकारीहरुले जलाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्