रसाइलीकाे संयाेजकत्वमा जिल्ला समाजवादी माेर्चाकाे घाेषणा

 

जाेमसाेम- समाजवादी माेर्चा जिल्ला समन्वय समिति मुस्ताङकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा समाजवादी माेर्चाका जिल्ला संयाेजक भिम बहादुर रसाइलीकाे अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न बिषयमा समसामयिक छलफल गरि समाजवादी माेर्चा जिल्ला समन्वय समितिकाे घाेषणा गरेकाे छ ।

भिम बहादुर रसाइली संयाेजक रहेकाे माेर्चामा नेकपा माओवादीका जिल्ला संयाेजक धिरेन्द बिक सदस्य सचिव तथा प्रकाश सि नेपाल कम्युनिस्ट पाटी मनाेज शेरचन जनता समाजवादी पाटी दुर्गादेवी रसाइली नेकपा समाजवादी ङुटुक गुरुङ र श्यामलाल परियार सदस्य चयन गरेकाे छ आलाेपालाे नेतृत्व गर्ने सहमति सहित जिल्ला समन्वय गठन गरिएकाे छ ।


जिल्लाकाे विकास निर्माण जनहितका विषयमा माेर्चाले सदैव खवरदारी गर्नै । सबै काम माेर्चा एक भएर लाग्ने र चाडपर्वकाे अवसर पारे शुभकामना तथा चिया पान कार्यक्रम गनै  समाजवादी माेर्चाका जिल्ला संयाेजक भिम बहादुर रसाइलीले हिमालपारीकाे आवाजलाई जानकारी दिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *