पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने भएको छ । आयोजक यूनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २६ देखि माघको ८ गते सम्म पोखरा महोत्सव हुने जानकारी दिएको हो ।
“युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको छ ।
क्लवले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखानाको अवधारणा र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बाह्रौँ पोखरा महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी समेत रकम छुट्याइने छ ।
क्लबले पोखरा महोत्सवको आयोजना गरी हालसम्म पोखरा आसपासमा रहेका १८ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापाना एवं शैक्षिक सामाग्रीहरु वितरण ग्रामिण क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविर संगै दीर्घ तथा ठूला रोग लागेका गरिब तथा अशक्त ब्याक्तिहरुलाइ आर्थिक सहयोग गर्दै आइरहको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बाह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, टिकट प्रयोजकमा सिटिजन फर्निचर टेर्ड लिङ्क प्रा.ली., प्रवेश पास प्रयोजकमा सिद्धी अटो पार्टस् एण्ड मोटरसाईकल वर्कसप, अफिसियल इन्स्योरेन्समा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, हस्पिटालिटी पार्टनरमा होटल टाक्स इन्टरनेशनल रहेको छ भने विशेष सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका र अमरसिंह मा.वि रहेको छ । मिडिया पार्टनरहरुमा ए.बी.सी. न्युज टेलिभिजन, फेवा टेलिभिजन रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेश गराइने छ ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ३० देखी २ सय ५० स्टल रहने र आइतबारदेखी स्टल बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ ।
त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन क्लवका महासचिव दिनेश सुनारले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्