किन स्वदेशमै बस्ने खालको भयेन हाम्रो शिक्षा ?

भूपेन्द्र महरा – “जननी जन्मभूमिश्च स्वर्गादपि गरायसी”

मानिसलाइ जन्म देखि मृत्युपर्यन्त सम्म आवश्यक पर्ने र सो अवधिमा प्रभाव पार्ने योग्यता पूर्ण भएको गुणयुक्त माध्यम शिक्षा हो । जसले व्यक्तिको बौद्धिक, आध्यात्मिक, सामजिक, भौतिक एबम् नैतिक जस्ता पक्षको सर्वाङ्गीण विकास गराउँदछ ।

जबसम्म शिक्षाक्षेत्रको उचित व्यवस्थापन हुँदैन तब सम्म राष्ट्र समृद्धिको बाटोतर्फ आगाडी बढ्न सक्दैन । तर देशको माटोलाई सुहाउँदो पाठ्यक्रम बिनाको शैक्षिक प्रणाली आज सम्पूर्ण विद्यार्थीहरुलाई अन्यालोमा परिरहेको छ । देशलाई युवाले अझै सम्म पनि चिन्न सकेका छैनन् । अहिले को युगमा युवालाई आफ्नो देश र राष्ट्रप्रतिको माया लाग्नै छोडेको छ किनकी पाठ्यक्रममा यो देशलाई चिनाउने कुनैपनि शीर्षक हाम्रो विषयबस्तुमा छैन ।

सात समुद्र पारीको विचार उहाँहरुको इतिहास अहिले हामीले अध्ययन गरीहरेका छौ तर हाम्रो देश नेपाल देवो: भूमिको विचार, यही देशमा जन्मिएका हाम्रा राष्ट्रिय विभूतिहरूको विचार, हाम्रो भेषभुषा, आफ्नो संस्कार, संस्कृति, बोली वचन, परम्पराहरू को अध्ययन हामीले पाएका छैनौं  हामीले कसरी यो राष्ट्रलाई माया गर्ने हाम्रो देशको इतिहास पहिचान हुने खाल्को कुनै बिषयबस्तु हाम्रो पुस्तक मा समावेश गरेकोछैन । हामी नेपाली हौ तर हामीले अध्ययन गर्नु पर्ने विदेशी प्रवृतिमा आधारित अङ्ग्रेजी माध्यम सङ्ग सम्बन्धित छ। हुन त अङ्ग्रेजी भाषा जान्न बुझ्न आवश्यक छ तर यही भाषा लाई नै पाठ्यक्रममा लागू गर्नु पर्ने चाहिँ किन ?

यस्तै भाषाका कारणले गर्दा पछि निजामती क्षेत्रतिर काम गर्न कठिनाई भएको अनुभूति गर्ने गरेका छन र नेपालका शिक्षित युवाहरु विदेशिनु र खाडी मुलुक धाउनु पर्ने बाध्यता बनिरहेको छ ।

शिक्षा क्षेत्रको समग्र सुधार बिना राष्ट्रको विकास सम्भव छैन । राष्ट्रको सर्वाङ्गीण विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि राष्ट्र विकास र समृद्धिको लागि त्यस राष्ट्रको शिक्षाप्रणाली, देशको भूगोल, जनसख्या र आवश्यक जनशक्ति अनुकूल हुन अपरिहार्य हुन्छ । यो देशका युवालाई आफ्नो राष्ट्र, गाउँ सहर प्रती माया, मोह, स्नेह केही सोच्न लायक बनाउन छ भने देशको समग्र शिक्षानीति परिवर्तन हुन अत्यावश्यक रहेको छ । जसमा सर्वप्रथम त राष्ट्रिय भाषाको उचित ज्ञान हासिल गर्ने वातावरण श्रृजना गर्नुपर्छ ।

अहिले दैनिकजसो लाखौ विद्यार्थीहरु बिदेशीने गरेका छन। त्येसमध्ये एक प्रमुख कारण भनेको अनुचित पाठ्यक्रमपनि रहेको पाइएको छ। यिनै विद्यार्थीहरु बिदेशमा गएर हाम्रै इतिहास र संस्कृतिको बारेमा अध्यन गरिरहेका हुन्छन। हामिले हाम्रै पाठ्यक्रममा यिनिकुरालाइ समावेस गर्न सक्यौ भने भोलिका दिनमा युवाहरु बिदेशिनु पर्ने बाध्यता आउने थिएन।

सात समुद्र पारीको पुर्खाको बीचारलाई होइन यही हाम्रो देश नेपाल आमाको विचार ,हाम्रा राष्ट्रिय विभूतिहरू को विचार , योगी ऋषिमुनिहरूको विचार, यो देशको इतिहास, संस्कार, संस्कृति, सामाजिक परम्परा, जिम्मेवारीप्रति सचेतना, स्वावलम्बी, परिश्रमी जस्ता जीवनउपयोगी शिक्षा आजको शिक्षामा आवश्यक रहेको छ । हाम्रो देशको शिक्षानीति मा जब यी सबै कुराहरू समेटिन्छन् तब देशलाई माया गर्ने युवाहरु जनशक्ति बढ्छ र समस्तराष्ट्रबासी लाई राष्ट्र प्रथमको अविनाश प्रेम रहिरहन्छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

5
Excited
9
Happy
5
In Love
3
Not Sure
3
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *