२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

पहिलाे वर्षकाे ६ महिनामा मुक्तिनाथमा ११ लाख भेटी संकलन

 

मंसिर २८जोमसोम/ हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पबित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनहरुले चढाएको भेटी रकम गणना गरिएको छ । मन्दिरमा करिब ११ लाख भेटी संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले बताए ।

मन्दिरमा नेपालसहित ११ देशका भक्तजनले १० लाख ९५ हजार ८४० रुपैयाँ भेटी चढाएका छन् मन्दिरमा राखिएको पाँचवटा दान पेटिकामा संकलन भएको भेटी रकम गएको बिहिबार गणना गरिएको थियो संकलन भएको भेटिमध्ये १० लाख ९५ हजार८४० रुपैयाँ बैंकमा जम्मा गरिएको छ।

बाकी बिभिन्न देशका भक्तजनहरुले चढाएका भारतीय रुपैयाँसहित १० वटा देशका भक्तजनले चढाएको रकम सटही हुन नसकेपछि मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको जिम्मा लगाइएको मुक्तिनाथ विकास समितिले जनाएकाे छ ।समितिका अनुसार भारतीय रुपैया ५ लाख ३४ हजार २४०, अमेरिकी डलर ७१९,अरबियन ३२५, कोरियन वन १ हजार, बेलायती पाउन्ड १, भुटानी २०, हङकङ डलर ३०, युरो १०, मलेसियन रिंगिट २ र ओमानी रुपैया १ सय प्रहरीको जिम्मा लगाइएको हो ।

मुक्तिनाथ मन्दिर रेखदेख तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षयतामा बि.स २०६४ सालमा मुक्तिनाथ विकास समितिको गठन गरिएको थियो समितिको सदस्य सचिव मालपोत कार्यालयका प्रमुख रहने ब्यवस्था छ हाल सम्म मन्दिरको नाममा संकलन भएको करिब ७ करोड रुपैयाँ जिल्लामा रहेका बिभिन्न बैकहरुमा जम्मा गरिएको मुक्तिनाथ विकास समेतका कर्मचारी अजित मगरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्