
मंसिर,२६ जाेमसाेम/बाल श्रमिकहरुको तथ्याङक संकलन,अनुगमन र बाल श्रममुक्त स्टिकर टांस्ने कार्यक्रम घरपझोङ गाँउपालिकामा शुरु भएको छ ।सार्वजनिक स्थल तथा घरेलु कामदारको रुपमा रहेका बालबालिकाहरुलाई निकृष्ट र शोषणयुक्त श्रम बाट निकाल्नको लागि अभियानको थालनी गरिएको घरपझोङ गाँउपालिकाका प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए ।
घरपझोङ गाउ पालिकाकी उपप्रमुख जमुना थापा थकाली प्रशासकीय अधिकृत बेदहरि अधिकारी ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष विर प्रसाद थकालीले जोमसोम पुथाङ बजार एयरपोर्ट क्षेत्रमा रहेका घर तथा होटलमा बाल श्रममुक्त घरको स्टिकर टाँसेर अभियानको शुरुवात गरे ।
वडा नम्बर ३को २३घरमा स्टिकर टाँसेर प्रत्येक होटल ब्यबसायीहरुलाई बालश्रमको बारेमा जानकारी प्रदान गरिएको गाउपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता थकालीले जानकारी दिईन ।
अझै पनि ३ जना १६ बर्ष मुनीका बालबालिका उक्त क्षेत्रमा बाल श्रममा रहेको बताइएको छ गाउपालिका भित्र रहेका सार्वजनिक होटेल,पसल,अस्पताल,निजी घर तथा कुनै पनि सार्वजनिक स्थानहरूमा १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन पाइँदैन । १४ वर्षभन्दा माथिका बालबालिकालाई काममा लगाउनु परेमा तोकिएको मापदण्ड पूरा गरि उनीहरूका अभिभावकसँग अनुमति लिएर गाउपालिकालाई जानकारी गराई बालबालिकाकाे शिक्षा, स्वास्थ्य, सुरक्षा र पारिश्रमिकको ग्यारेन्टी गर्नुपर्ने र सर्त पूरा नगर्नेलाई जरिवाना हुने प्रमुख थकालीले बताईन्।
बालश्रम ऐन, २०५६ अनुसार १४ वर्षमुनिका बालबालिकालाई काममा लगाएमा तीन महिना कैद र १० हजार जरिवाना, इच्छाविपरीत काममा प्रयोग गरेमा एक वर्ष कैद र ५० हजार र नियम उल्लंघन गरेमा दुई वर्ष कैद र जरिवानासम्मको व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्