२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

भिजन नेपालः द्वारा छैरो आधारभुत बिधालयमा शैक्षिक सामग्री वितरण

 

जोमसोम/ घरपझोङ गाउँपालिका वडा नं १ मा रहेको छैरो आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण तथा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा १ देखी ३ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी भिम बहादुर रसाईलीको पहल र भिजन नेपाल काठमाण्डौको आर्थिक सहयोगमा छैरो आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी लगाएत चिमाङमा रहेको निलगिरी आधारभुत विद्यालयका विद्यार्थी गरि ३७ जना विद्यार्थीहरुलाई शैक्षिक, स्टेशनरी तथा खेलकुदका साम्रगीहरु बितरण गरिएको हो ।

कार्यक्रममा भिजन नेपालका अध्यक्ष एवम सामाजिक अभियान्ता शिवचन्द्र न्यौपाने , प्रमुख अतिथि घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थापा थकाली , अतिथिमा वडा नं. १ छैरोका वडा अध्यक्ष आसबहादुर थकाली , वडा सदस्य दुर्गा देबी रसाइली , जैकला बिक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीले संयुक्त रूपमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

शैक्षिक साम्रगी वितरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष जमुना थापा थकालीले स्वास्थ्य तथा शिक्षाबाट पछाडी रहेको दुरदराजको बिद्यालयलाई शैक्षिक साम्रगी बितरण गरेर भिजन नेपालले गुन लगाएको बताउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको र गाँउपालिकाले पनि बिद्यालयलाई सक्दो सहयोग गर्न तयार भएको बताईन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि संस्थाका अध्यक्ष एवम सामाजिक अभियान्ता शिवचन्द्र न्यौपानेले संस्थाले देशका बिभिन्न स्थानका बिद्यालयहरुमा शैक्षिक साम्रगीहरु वितरण गर्दै आइरहेको उनले बताए । बिद्यालयको शैक्षिक गुणस्तरीय बृद्धिका लागि सहयोग गर्न पाउँदा आफुलाई निकै खुशी लागेको समेत बताए ।

न्यौपानेका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालीकाले पढ्ने चाहाना हुँदाहँुदै पनि कापी कलम किन्न नसकेकै कारण पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्य सहित संस्थाले सकारात्मक सोचका साथ चलाइएको शिक्षाको यो महानअभियानमा सबैलाई साथ दिन अनुरोध गरे र आगामी दिनमा पनि बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने उन्ले प्रतिवद्दता समेत जाहेर गरे ।

सोहि कार्यक्रममा वडाध्यक्ष आस बहादुर थकालीले भने यस्ता कार्यक्रमले साना बालबालिकाहरुको मस्तिष्कमा विद्यालय जाने बानीमा सकारात्मक सन्देश जाने र विद्यालय नियमित आउने बातावरण समेत सिर्जना हुनेछ र वडा स्तरबाट पनि बिद्यालय र बिद्यार्थीलाई थप सहयोग गर्नु परेमा पछि नहट्ने कुरा समेत उन्ले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीले छैरो आधारभुत बिद्यालयको शैक्षिक गुणस्तर अगाडी बढाउन बिद्यालय र ब्यबस्थापन समिति निरन्तर लागिरहेको बताए । बिद्यालयलाई नमूना बिधालयको रुपमा लैजान आफ्नो पहल निरन्तर रहने छ, र सबै पक्षको साथ, सहयोग समेत समान तरिकाले भएमा बिद्यालयको बिकास गर्न धेरै समय नलाग्ने उन्ले बताए । अब आफनो लक्ष्य बिद्यालयको स्तरउन्नती गरि आबासिय सुबिधा सहित बिद्यालय संचालन गरि ,बसाई सराईको अबस्थालाई न्यूनिकरण गर्ने लक्ष्य सहित अगाडी बढेको उन्ले बताए । सबै कुराहरु बाट पछाडी परेको यस बिद्यालयमा भिजन नेपालले गरेको शैक्षिक सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आउँदा दिनहरुमा पनि संस्थाको सहयोग निरन्तर रहने अपेक्षा समेत व्यक्त गरे ।

विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको भन्दै वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले भिजन नेपालका अध्यक्ष एवम सामाजिक अभियान्ता न्यौपानेलाई फेदा ओढाएर मायाको चिनो सहित सम्मान गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीको अध्यक्षता तथा बिधालयका प्रधानाध्यापक देबराज पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्