२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

घरपझोङमा राष्ट्रिय महिला सामुदायिक स्वयम सेविका दिवस सम्पन्न

 

मंसिर १९ जोमसोम/ २० औ राष्ट्रिय महिला सामुदायिक स्वयम सेविका दिवस घरपझोङ गाँउपालिकामा सम्पन्न भएको छ ।
घरपझोङ गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा निस्वार्थ भावनाले आफनो वडामा महिला स्वास्थ्य सेविकाको रुपमा रही वडा बासीको आधारभुत स्वास्थ्य सेवामा योगदान पुर्याएको भन्दै वडा नं २ र ५ कि महिला स्वास्थ्य स्वयम सेविकाहरु सुनमाया बिक र नानीमाया थकालीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ ।

गाँउपालिकाका अध्यक्ष मोहनसिंह लालचन, उपाअध्यक्ष जमुना थकाली र प्रशासकिय अधिकृत बेदहरि अधिकारीले संयुक्त रुपमा उनिहरुलाई सम्मान गरेका हुन्। कार्यक्रममा गाँउपालिकाका अध्यक्ष लालचनले गांउमै बसेर गाँउकै सेवामा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदान गाँउपालिकाले नजिकबाट नियालेको र उनीहरुको समस्या समाधान गर्न कार्यबिधि बनाएर अगाडी बढ्ने बताए ।

यस्तै उमेरहदका कारण महिला स्वास्थ्य स्वयमसेविका बत्तिमाया थकालीलाई स सम्मान बिदाई समेत गरिएको स्वास्थ्य शाखाका अधिकृत कर्ण बहादुर थकालीले जानकारी दिए । नेपालमा २०६१ सालदेखि महिला सामुदायिक स्वास्थ्य दिवस मनाउदै आईएको छ भने, प्रत्येक वर्षको ५ डिसेम्बरमा अन्तराष्ट्रिय स्वयमसेवक दिवस मनाउने गरिन्छ ।

घरपझोङ गाँउपालिकामा २० जना महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफनो वडामा रहेर आधारभुत स्वास्थ्य सेवा दिदै आईरहेकाे र  प्रोत्साहन स्वरुप गाँउपालिकाले मासिक रूपमा  १२ सय रुपैयाँ उपलब्ध गराउदै आएको गाँउपालिकाका प्रशासकिय अधिकृत अधिकारीले बताए ।

नेपालमा २०४५सालदेखि महिला स्वास्थ्य  स्वयसेविका कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रम लागु भएसंगै मातृशिशु र बालमृत्यु दरमा कमि आएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउछन्

प्रतिक्रिया दिनुहोस्